राम्रो किताबको मुल्य हुँदैन

  • कुराकानी

- नरेन्द्र रौले

पुस २८, २०७३- 

अरुण बुढाथोकी कवि, पत्रकार तथा लेखक हुन् । इङ्ल्याण्डको विश्वविद्यालयबाट मास्टर्स डिग्री गरेका बुढाथोकीका पुस्तकहरु प्रकाशित छन् । उनीसँग गरिएको कुराकानी :

 

कुन पुस्तक पढिरहनु भएको छ ?

अहिले म टोनी मोरिसन (Toni Morrison) को Song of Solomon पढिरहेछु ।

 

कस्ता खाले पुस्तक पढ्न मनपर्छ ?

मलाई प्राय: (surrealism) आधारित पुस्तकहरू मनपर्छ । क्राइम, मिस्ट्री, राजनीति र (sci-fi)  पुस्तकहरु मनपर्छ । मेरो लागी कविता संकलनहरू एकदम प्रिय छन् । 

 

पुस्तक केका लागि पढ्नु हुन्छ ? ज्ञान, मनोरन्जन ?

म लेख्ने भएकोले ज्ञानको लागी  पढ्छु । 

 

तपाईका प्रिय लेखकहरु ?

मेरो प्रिय लेखकहरु Sylvia Plath, Haruki Murakami हुन् । 

 

तपाईंलाइ मन परेका पुस्तकहरु ?

मलाई मन परेका पुस्तकहरु सील्भीया प्लाथको Collected Poems , टोनी मोरिसनको Beloved,  र हारूकी मुराकामीको काफ्का ओन द शोर Kafka on the Shore हो । 

 

अरुलाइ कुन पुस्तक पढ्न सल्लाह दिनुहुन्छ ? 

मैले माथी उल्लेख गरेको पुस्तकहरु अरुलाई सल्लाह दिन्छु । 

 

पुस्तकमा कत्तिको लगानि गर्नुहुन्छ ?

हरेक बर्ष म पुस्तक किन्छु ।  मैले यो बर्ष १ सय डलर ई-बुकमा लगानी गरेको छु । र,  ५, ००० पुस्तकहरुमा गरेको छु । मेरो विचारमा एउटा राम्रो किताबको मुल्य हुन्न । हरेक बर्ष म नयाँ पुस्तकहरुमा लगानी गर्छु । र, यती भनेर छुट्टाउनन् । मलाई लाग्छ किनेको पुस्तकहरु पढिसकेर मात्रा नयाँ किन्नू राम्रो हुन्छ । 

 

पुस्तक किन्दा कुन आधारमा छनौट गर्नुहुन्छ ?

म प्राय : मेरो मनपर्ने लेखकहरुको पुस्तक पढ्छु । र, अरु बेला राम्रो समिक्षा गरिएका र अन्तराष्ट्रिय पुररस्कार पाएका पुस्तकहरु पढ्छु । मैले कविता संग्रहहरू धेरै पढेको छु । र, उपन्यासमा म भाषाको गहिराइ, विषयवस्तु र सररेलिस्ममा (surrealism) आधारित छनौट गर्छु ।

प्रकाशित :पुस २८, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्