एकसाथ तिन चलचित्र आजबाट प्रदर्शनमा

- साप्ताहिक संवाददाता

पुस २८, २०७३- 

किङ 

निर्देशक :सबिर श्रेष्ठ

संगीत : वसन्त सापकोटारदिनेश सुनामरसुजेन्द्र डी कार्की

कलाकार : निखिल उप्रेती, अनुप विक्रम शाही, बेनिशा हमाल आदि । 

केही समय हराएर चलचित्रमा फर्किएका कलाकारहरूमध्ये राम्रो ‘कमब्याक’ पाएका निखिल उप्रेतीले एक्सनप्रधान चलचित्रमा एकछत्र राज गरिरहेका छन् । आजबाट प्रदर्शनमा आउने ‘किङ’ निखिल उप्रेतीका एक्सन चलचित्रकै अर्को श्रृंखला हो । निखिलले किङमा आफ्नो एक्सन कला अघिल्ला चलचित्रको तुलनामा फरक भएको बताएका छन् । नेपाली चलचित्रका उदीयमान कलाकार अनुपविक्रम शाही र निखिल बीच सहरमा राज गर्ने ‘किङ’ कसलाई मान्ने भन्ने विषयमा हुने द्वन्द्व नै यो चलचित्रको मुख्य विषय हो । करिब डेढ दशकअघि कसम र दाग निर्माण गरेका जगन श्रेष्ठका सुपुत्र जयन श्रेष्ठले निर्माण गरेको चलचित्र ‘किङ’ निखिल उप्रेतीका प्रशंसकहरूका लागि राम्रो खुराक बन्ने विश्वास लिइएको छ ।

 

शब्द

निर्देशक : सन्तोष शिवाकोटी

संगीत : राजनराज शिवाकोटीरसुरेश गैरे 

कलाकार : सौगात मल्ल, अनुभव रेग्मी, कमली वाइबा, रोयदीप श्रेष्ठ, ओसिन भट्टराई आदि । 

कास्कीको सिकलेसको रमणीय पृष्ठभूमिमा छायांकन गरिएको चलचित्र ‘शब्द’ आजदेखि देशभर प्रदर्शनमा आउँदैछ । हिमाली गाउँमा प्रेमका लागि हुने हानाथाप र बालबालिकाहरूसँगको लगाव यो चलचित्रको मुख्य विषय हो । सौगात मल्लको मुख्य भूमिका रहेको चलचित्र ‘शब्द’मा अनुभव रेग्मी बालभूमिकामा छन् । ‘कँही दिन कँही रात’ तथा ‘भिमदत्त’की नायिका कमली वाइबाको यो तेस्रो चलचित्र हो । चलचित्र ‘शब्द’बाट मोडल ओसिन भट्टराई नायिकाका रूपमा पर्दापण हुँदैछिन् । तेञ्जिङ शेर्पा र विष्णुकुमार थेबेले निर्माण गरेको चलचित्र ‘शब्द’मा एउटै गाउँका दुई साथी सौगात र रोयदीपको कमलीसँग विवाह गर्ने कुरामा झगडा हुन्छ । यो चलचित्रमा भंगेरी डनका रूपमा चिनिएका कलाकार अर्जुन गुरुङले पनि अभिनय गरेका छन् ।

 

लभ सासा

निर्देशक : प्रचण्ड श्रेष्ठ

संगीत : आसिफ शाहरजेशन कुँवर

कलाकार : कर्म, केकी अधिकारी, आसिफ शाह आदि ।

विवाह मात्र होइन प्रेम पनि जोसँग जुरेको हुन्छ, त्यहीसँग मात्र सफल हुन्छ भन्ने विषयमा आधारित चलचित्र ‘लभ सासा’ आजबाट देशभर प्रदर्शनमा आउँदैछ । नायिका केकी अधिकारी तथा नायक कर्मबीचको केमेस्ट्री हेर्न पाइने यो चलचित्रको प्रस्तुति पनि फरक छ । लुट, फस्ट लभ, छड्केजस्ता चलचित्रका निर्माता माधव वाग्लेले निर्माण गरेको चलचित्र ‘लभ सासा’लाई निर्देशक प्रचण्ड श्रेष्ठले निर्देशन गरेका हुन् । सिद्धार्थ (आसिफ )शाहसँग विवाह गर्न अस्ट्रेलियाबाट स्वदेश फर्किएकी सासा ९केकी अधिकारी० को मन पर्ल (कर्म) सँगको भेटपछि परिवर्तन हुन्छ । यो चलचित्रका दृश्य यही सेरोफेरोमा समेटिएका छन् । शिवराम श्रेष्ठको छायांकन रहेको चलचित्र लभ सासालाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् । यो चलचित्रमा शिवानी चालिसे, रश्मि भट्ट एवं विकास जोशीको पनि महत्वपूर्ण भूमिका छ । 

 

प्रकाशित :पुस २८, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्