हङकङमा वीपीको सम्झना

- साप्ताहिक संवाददाता

पुस २८, २०७३-  

नेपाल प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको मेलमिलाप र एकताको नीतिको सम्झना गर्दै हङकङमा राष्ट्रिय मेलमिलाप दिवस मनाइएको छ । नेपाली जनसम्पर्क समिति (नेजस) हङकङको आयोजनामा हङकङस्थित नेपाली महाबाणिज्यदूत कमलप्रसाद भट्टराईको प्रमुख आथित्यमा उक्त दिवस मनाइएको हो । 

 

नेपाली काँग्रेसको बैदेशिक सम्पर्क सँस्थाको रुपमा हङकङमा स्थापना गरिएको नेपाली जनसम्पर्क समिति हङकङले उक्त अवसरमा हङकङमा रहेका नेपालका राजनैतिक दलहरूका सम्पर्क सँस्था नेकपा (माओवादी केन्द्र) हङकङ, प्रवासी नेपाली एकता समाज हङकङ (राप्रपा), समाबेसी नेपाली समाज हङकङ (संघीय समाजवादी फोरम), प्रवासी नेपाली मञ्च हङकङ (एमाले), नेपाल आदिवासी जनजाती महासंघ, एचकेएनएफ, हिन्स, नेपाल चेम्बर अफ कमर्श हङकङ, एनआरएन हङकङलगायत अन्य सामाजिक जातीय तथा क्षेत्रीय सँघसँस्थाहरूलाई आमन्त्रित गरिएको थियो ।


कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अथिति महाबाणिज्यदूत श्री भट्टराईले  मेललिमाप अपरिहार्य रहेको भन्दै यस सद्भाव समाजको हरेक तह तप्कामा हुनु जरूरी रहेको बताए । उनले नेपालको संविधानको धारा २९१ मा प्रवासी नेपालीहरूको अधिकारलाई कुण्ठित गरेको भन्दै हङकङमा रहेका राजनैतिक दलका सम्पर्क सँस्थाहरूले ऐक्यबद्धता जनाउँदै नेपाल सरकारलाई प्रेषित गरेको पत्र पनि मेलमिलापको राम्रो उदाहरण भएको भन्दै उक्त पत्र १० मिनेटको अन्तरालमा नेपाल सरकारको सम्बन्धित स्थानमा पठाईसकेको जानकारी गराए । 


सो कार्यक्रममा आमन्त्रित अतिथिहरूको तर्फबाट नेकपा (माओवादी केन्द्र) हङकङ अध्यक्ष रबिन लिङ्देनले स्व.बिपी कोईरालाले ल्याउनु भएको यो मेलमिलापको निति हालको अवस्थामा अझै सान्र्दभिक रहेको र आफू पनि यस नितिबाट प्रभावित रहेको भन्दै नेकपा माओवादीले पनि राष्ट्रिय हितको लागि यहि नितिमा रहेको मात्र सिद्धान्तको केहि फरक रहेको बताए ।

 

प्रवासी नेपाली एकता समाज हङकङ (राप्रपा) का संयोजक ईश्वर बिक्रम शाहले नेजस हङकङको यस कार्यक्रम स्वागतयोग्य रहेको भन्दै कार्यक्रम सफलता र अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा आफ्नो पार्टीको तर्फबाट शुभ कामना व्यक्त गरे । यस्तै नेपाल चेम्बर अफ कमर्श ङखङका अध्यक्ष श्री डासुराम पराजुली, एनआरएन हङकङका अध्यक्ष ललित लिम्बुले पनि कार्यक्रम सफलताको कामना गर्दै भर्खरै गठित नेजस हङकङको नवौं कार्यसमितिको कार्य सफलताको लागि शुभ–कामना व्यक्त गरे ।

 

नेजस हङकङका सभापति जगत शाहले हङकङमा व्याप्त जातीय, क्षेत्रीय धारणाहरूको बाबजूद पनि आफू सुदूरपश्चिमको व्यक्ति नेजस हङकङको सभापतिमा चुनिनु नै हामी भित्रको मेलमिलापको ज्वलन्त उदारहण रहेको बताउँदै भविष्यमा यहि मेलमिलापलाई अझै गहन र दरिलो बनाउँदै प्रजातान्त्रिक मूल्यमान्यतालाई अझै प्रगाढ बनाउन कोसिस रहने बताए ।


कार्यक्रममा नवौं अधिवेशनबाट बिदा पाएका निवर्तमान कार्य समितिलाई खादा ओढाएर कदर पत्र प्रदान गरिएको थियो । नवौं अधिवेशनका निर्वाचन मण्डल संयोजक दुर्गा गुरुङले छुट्टिएका पदाधिकारी तथा नयाँ सदस्यहरूलाई तथा गोपनियताको सपथ दिलाएका थिए । 


यस अवसरमा पुरानो कार्य समितिले नयाँ कार्य समितिलाई सँस्थाको कागजपत्र हस्तान्तरण पनि गरेको थियो । नेजस हङकङको नवौं अधिवेशन गत डिसेम्बरको २५ तारिख नेपाल काँग्रेसका केन्द्रीय सदस्य तथा भूपू मन्त्री गोपालमान श्रेष्ठको प्रमुख आतिथ्यमा ईण्डिया क्लबमा सम्पन्न भएको थियो ।

प्रकाशित: पुस २८, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्