‘क्या जमाना आ’को लोकप्रियता बढ्दै गएपछि बदनामको प्रयास

- साप्ताहिक संवाददाता

पुस २८, २०७३-  

 
मनोरञ्जन क्षेत्रमा हाँस्य टेलिश्रृङ्खलाहरुको बेग्लै स्थान छ । हाँस्य श्रृङ्खलाको आकर्षण  बढेसँगै सिरियलमा काम गर्ने कलाकारहरुको लोकप्रियता पनि बढेको छ । लामो समय हाँस्य श्रृङ्खलामा प्रस्तुति गर्दै आएका कलाकार एवं  निर्देशक सिपी पुडासैनीले पनि कलाकारीता हुँदै निर्देशनको यात्रा शुरु गरेका थिए । उनले निर्देशन गरेको  सिरियल ‘क्या जमाना आ ?’ हो । जुन सिरियललाई लिएर  आजकल उनि निकै ब्यस्त पनि भइरहेका छन् ।

 

कलाकार एव निर्देशक सिपी पुडासैनीको सिरियल क्याजमाना आको बिषयमा उनले सिरियल निर्माणको क्रममा कलाकारसँग आर्थिक लेन देनको कारोबार गरेको समाचार केही अनलाइन एवं मिडीयामा आएको थियो । सिरियलले नयाँ उचाई लिदै गएपछि  सिरियललाई धक्का पुराउने कोशिस  गरीएको उनले बताएका छन् । केही कलाकारहरु  सिरियलको  कथाबस्तु अनुसार नियतबस कुनै कलाकारलाई पनि हटाउने र राख्ने नगरेको उनले बताएका छन्। सिरियलका मुख्य सहायक निर्देशक उमेश कुमार केसी पनि टेलिफिल्मको लोकप्रियता बढ्दै गएपछि नियतबस सिरियलको युनिटलाई बदनाम गर्ने कोशिस भएको बताउँछन्। कुनै कलाकारलाई पनि नियतबस हटाउने र राख्ने कार्य नगरेको उनले बताएका छन् ।

प्रकाशित :पुस २८, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्