पोस्टर सार्वजनिक गर्दै ‘निर्भय’ रिलिज घोषणा, पर्दामा निखिल भर्सेज रेखा र दयाहाङ

- साप्ताहिक संवाददाता

पुस २७, २०७३- 

एक्शन किङ निखिल उप्रेती स्टारर फिल्म ‘निर्भय’ को औपचारिक रिलिज तय भएको छ । यसअघि माघ २८ तय गरिएको रिलिजमा फेरबदल गर्दै निर्माण टिमले नयाँ मिति तय गरेको हो । अब फिल्म आगामी चैत्र ११ मा रिलिज लक भएको छ ।

माघ महिनामा नै निखिलको अर्को फिल्म ‘किङ’ रिलिज हुने भएपछि पर्दामा केहि समयको अन्तर आवश्यकता गर्दै ‘निर्भय’ रिलिज चैत्र ११ लाइ लक गरिएको निर्देशक मधुसुदन भट्टराईले बताए । फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै रिलिज तय गरियो । सार्वजनिक दुई पोस्टरमा निखिलको ‘एङ्ग्री लुक्स’ समावेश छ भने अर्को पोस्टरले अभिनेत्री नीता ढुङ्गानासँगको प्रेमभाव बोल्छ ।

प्रसिद्धि सिने आर्ट्सको व्यानरमा बनेको फिल्मका निर्माता देवीप्रसाद पाण्डे हुन् । निखिल र नीतासँगै विकास चापागाईं, प्रज्वल गिरी, सुशिल पोखरेल, विशाल पहारी, प्रदिप ढकाल,  प्रकाश न्यौपाने, मेन्दी बाबु, रश्मी भट्ट, कृष्ण शिवाकोटी लगायत ‘निर्भय’ मा अभिनयमा छन् ।

हिमाल केसीको द्वन्द्व समावेश फिल्मलाई रामशरण उप्रेतीले खिचेका हुन् । ‘निर्भय’ मा नृत्य निर्देशन रामजी लामिछानेको छ भने संगीत अर्जुन पोखरेल र ताराप्रकाश लिम्बुको छ । वनिश शाह र भुपेन्द्र अधिकारीले  सम्पादन गरेको फिल्मको सार्वजनिक पोस्टर सान थापाले तयार गरेका हुन् । फिल्मलाई रोहित कट्टेल र रत्न श्रेष्ठको कम्पनि आर आर फिल्म्स्ले वितरणको जिम्मा लिएको छ । ‘निर्भय’ को कथा यम थापाको हो ।

यसैबीच निखिल स्टार ‘निर्भय’ ले चैत्र ११ लाइ प्रदर्शन मिति तय गर्दा उक्त मितिमा सिंगल स्क्रिनका बादशाह मानिने निखिल र अभिनेत्री रेखा थापाबीच टक्कर देखिने भएको छ । उक्त मितिमा रेखा भिलेन अबतारमा रहेको फिल्म ‘डायरी’ पनि प्रदर्शनमा आउने घोषणा यसअघि नै भईसकेको छ, भने सोहि मितिलाई दयाहाङ राई र सौगात मल्ल स्टार फिल्म ‘लप्पन छप्पन’ पनि रिलिजको लागी तयार छ ।

त्रिकोणबाट नै स्टार मानिएका कलाकारहरुको भिडन्त पर्दामा हुने निश्चित हुँदै गर्दा कसले बाजी मार्छ हेर्न बाँकी छ । तर ठुला फिल्म एक मितिमा आउने तय भएसँगै अघि र पछि सर्ने पुराना उदाहरणलाई केलाउने हो भने उक्त मितिमा त्रिपक्षिय भिडन्त हुने नहुनेमा समेत आशंका छ ।

 

प्रकाशित :पुस २७, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्