२०१७ मा कुन कामलाई प्राथमिकतामा राख्नुभएको छ ?

- साप्ताहिक संवाददाता

पुस २७, २०७३-  

उपन्यास ‘नथिया’ पुनर्लेखन गरेर प्रकाशनमा ल्याउने । 
सरस्वती प्रतीक्षा, साहित्यकार 

मेरो पहिलो प्राथमिकता अझै मीठा–मीठा गीत रचना गर्नु हो, जसमा जीवनको अर्थ होस्, जसबाट स्रोतामा सन्देश पुगोस् । स–साना नानीहरूका लागि नर्सरी राइम्स बनाउने कामलाई पूर्णता दिनेछु । 
अम्बिका गुरुङ, गीतकार 

जे गर्दा मेरो मन खुसी हुन्छ, त्यही कामलाई प्राथमिकतामा राख्नेछु । अरूको खुसीमा आफ्नो खुसीलाई सहिद बन्न दिने छैन ।  
हेमा मानन्धर, इभेन्ट मेनेजर 

एक–दुई वटा नयाँ चलचित्रका लागि कुरा भैरहेको छ । त्यसका लागि थिएटरमा भरपुर तयारी गरिरहेको छु । 
किसन सुनार, अभिनेता

गायक तथा संगीतकारका रूपमा पाँचौं एल्बम ‘सम्मान मेरो’ लाई यही वर्ष सार्वजनिक गर्नेछु । 
भुवन सुप्तिहाङ राई, गायक

सबै कामको आ–आफ्नै महत्व छ । सबै कामलाई उत्तिकै प्राथमिकता दिएर सफल बनाउनेतिर लाग्छु ।
हेमन्त गौतम, सञ्चारकर्मी

भूकम्पले घर भत्किएको हुँदा यो वर्ष नयाँ घरको निर्माण सम्पन्न गर्नेछु । 
प्रदीप सिंह थापा, निर्देशक

मेरो पहिलो प्राथमिकतामा अझ राम्रो संगीत सिर्जना गर्नु नै हुनेछ । 
भरत सिटौला, गायक

यो वर्ष राष्ट्रियस्तरको टेलिभिजनबाट आफ्नै निर्देशनको हास्य शृंखला प्रसारण गर्नु मेरो पहिलो प्राथमिकता हुनेछ । 
सुरेश थापा, निर्देशक

केही अनाथ बालबालिकाका लागि हङकङमा च्यारिटी डिनर आयोजना गर्ने कार्यलाई प्राथमिकतामा राखेकी छु । 
खुसी गुरुङ, खेलाडी/इभेन्ट म्यानेजर

कामको व्यस्तताले आफ्नो घर निर्माण थालनी गर्न पाएको छैन, यो वर्षचाहिँ अवश्य गर्छु । 
सबिर श्रेष्ठ, निर्देशक

मेरो पहिलो प्राथमिकता भनेकै सधैं झैं कलाकारितामा क्रियाशिल रहने हो । 
विनोद न्यौपाने, अभिनेता

थिएटर मलका लागि नयाँ–नयाँ नाटकमा व्यस्त रहनेछु । स्थगित लेखनकार्यलाई पनि अघि बढाउनु छ ।
केदार श्रेष्ठ, रंगकर्मी

आफ्ना कमी–कमजोरीलाई सुधारेर, अझ बढी शाखा विस्तार गरी व्यापार–व्यवसाय बढाउने तथा बढीभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्ने ।
सुजन सुवेदी, फेसन व्यवसायी

नयाँ चलचित्र निर्माण गर्ने काम मेरो पहिलो प्राथमिकतामा छ ।
केशव भट्टराई, चलचित्र निर्माता

गर्न खोजेका हरेक कार्य मेरो प्राथमिकतामा पर्छन्, तर पहिलो प्राथमिकताचाहिँ करियर बनाउने कुरा नै हो ।
उरुषा पाण्डे, मोडल

२०१७ मा चाहिँ रोमान्सलाई अलि बढी महत्व दिइन्छ, किनभने भोलि उमेर पुगेपछि घरबार सम्हाल्नुपर्छ। 
ज्योति मगर, गायिका 

२०१७ मा आफ्नो तेस्रो एल्बम रिलिज गर्ने कुरालाई पहिलो प्राथमिकतामा राखेको छु ।
राजीव लोहनी, गायक

२०१६ मा पढन नभ्याइएका पुस्तकहरू पढेर सक्ने ।
यशोदा तिम्सिना, सूचना आयोग सदस्य 

भूकम्पपीडितहरूका लागि काम गर्ने ।
आशिका तामाङ, नायिका/मोडल

स्नातकोत्तर पूरा गर्ने र आत्मनिर्भरताका लागि पशुपालन व्यवसाय प्रारम्भ गर्ने सोच बनाएकी छु ।
कमला बोहोरा, नेतृ, अनेरास्ववियु 

चलचित्र ‘लाल्टिन’लाई राम्रोसँग प्रदर्शन गर्ने कुरा नै पहिलो प्राथमिकतामा छ ।
भानुप्रताप, निर्माता/कलाकार

२०१६ को अन्त्यमा धेरै गल्ती गरियो । २०१७ मा गल्ती कम गरेर काममा अझ व्यस्त हुनेछु । 
विशाल भण्डारी, भिडियो निर्देशक

आफ्नो काममै योगदान पुर्‍याउने र राम्रो काम गर्न निरन्तर प्रयत्नशील रहने अठोट गरेको छु । 
दिनेश श्रेष्ठ, चलचित्र निर्देशक

आफूले गर्दै आएको पत्रकारिता पेसा मेरो पहिलो प्राथमिकतामा छ । 
विजय आवाज, पत्रकार

कसैको मन नदुखाउने अनि नेपाली चलचित्रका दर्शकलाई एउटा राम्रो चलचित्र दिने ।
विकास खरेल, चलचित्र निर्माता

२०१७ मा आफ्नो बडी अझ फिट बनाउँछु र राम्रा गीतको भिडियोमा मात्र काम गर्छु । 
किरण लाकौल, मोडल

मेरो छोराको निर्देशनको चलचित्र ‘हैरान’को काममा व्यस्त रहने र राम्रोसँग रिलिज गर्ने ।
गजित विष्ट, नायक/निर्माता

सबै काम महत्वपूर्ण छन्, खोइ कुनचाहिँ भन्नु ?
दीपशिखा खड्का, नायिका/समाजसेवी

प्रकाशित: पुस २७, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्