‘सम्झेर फेरी’मा मन्जिता र दिपेनको रोमान्स

- साप्ताहिक संवाददाता

पुस २६, २०७३- 

गायक प्रमोद खरेलको भर्खरै सार्वजनिक नयाँ गीत ‘सम्झेर फेरी’को भिडियोमा मोडल दिपेन खड्का र मन्जिता केसीको रोमान्स देख्न पाइनेछ । यु–ट्युट मार्फत सार्वजनिक भिडियो गीतले यतिबेला खुब चर्चा पाएको छ । 

 

भिडियो दिपेश खड्का र मन्जिता केसी माथी फिचरिङ गरिएको छ । ट्रयाजेडी थिममा तयार पारिएको भिडियोमा मोडल दिपेन युवा र अर्धबैशे भुमिकामा देखिएका छन् । ‘सम्झेर फेरी’मा शंकर देव कडेलको शब्द र संगीत चिरन्जिबी भण्डारीले दिएका छन् । देबेन्द्र खड्काले निर्देशन गरेको भिडियोमा अमृतको छायाँकन र माधव बेल्बासेले सम्पादन गरेका छन् । 

 

प्रकाशित :पुस २६, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्