यस्ता पो प्रेमी

- साप्ताहिक संवाददाता

पुस २६, २०७३

नायिका वर्षा राउतलाई चलचित्र क्षेत्रमा ‘ह्याट्रिक हिरोइन’ भन्न थालिएको छ । चलचित्र ‘नाइँ नभन्नु ल–४’, ‘छक्का पञ्जा’ अनि ‘जात्रा’ले सफल व्यापार गरेपछि वर्षालाई ‘लक्की नायिका’को अर्को उपाधि पनि दिइएको छ । वर्षाले आफ्नो सफलताको पछाडि नायक सञ्जोग कोइरालाको हात भएको कुरा बताएकी छिन् । शनिबार चलचित्र ‘जात्रा’का निर्माताले आयोजना गरेको वनभोज कार्यक्रममा भेटिएकी वर्षा सञ्जोगका साथ गोदावरी पुगेकी थिइन् ।

 

चलचित्र क्षेत्रमा एकले अर्कोलाई सहयोग गर्ने प्रेमी–प्रेमिकाका रूपमा चिनिएको यो जोडीका सञ्जोग वर्षालाई सल्लाह–सुझाव दिने मात्र नभै प्रत्यक्ष सहयोग पनि गरिरहन्छन् । वर्षाको फिटनेस, पहिरनजस्ता कुरामा पनि सञ्जोगले नै सहयोग गर्ने वर्षा बताउँछिन् । आफूहरू केही वर्षपछि मात्र लगनगाँठोमा कस्सिने बताउँदै सञ्जोग भन्छन्– ‘भर्खर त वर्षाको करियरले गति लिँदैछ, केही समय पर्खने, अनि मात्र विवाह गर्ने ।’

प्रकाशित :पुस २६, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्