वर्षका उत्कृष्ट पहिरन

- साप्ताहिक संवाददाता

पुस २६, २०७३-  

प्रियंकाको रातो पहिरन
यो वर्ष भारतीय अभिनेत्री प्रियंका चोपडाले एमी एवार्डका अवसरमा रेड कार्पेटमा लगाएको रातो रंगको गाउनले वर्षकै उत्कृष्ट पहिरनका रूपमा चर्चा पायो । चोपडाले लगाएको उक्त रातो गाउन यो वर्षको उत्कृष्ट पहिरन मात्र नभै सेक्सी पहिरन समेत ठहरियो ।

 

टर्नरको भ्यालिन्टिनो गाउन 
ब्रिटिस अभिनेत्री सोफी टर्नरले लगाएको भ्यालिन्टिनो ड्ेरसलाई वर्षकै उत्कृष्ट ओकेजनल पहिरन मानियो । कालो रंगको उक्त स्लिभलेस गाउनलाई ज्वेलरीले फ्रेमवर्क गरिएको थियो । 

 

क्लार डेन्कोको डाइमन्ड गाउन 
हलिउड अभिनेत्री क्लार डेन्कोले एमी एवार्डमा सहभागी हुने क्रममा लगाएको डाइमन्डजडित सुनौलो रंगको गाउनलाई वर्षकै उत्कृष्ट पहिरन मानियो । 

 

लेखिकाको कालो पहिरन 
नाइजेरियाकी चर्चित लेखिका चिम्मन्डा नोजी एडिचले लगाएको पहिरनले यो वर्ष निकै चर्चा कमायो । उक्त कालो रंगको मिडीलाई ड्रेस  डिजाइनर स्टेला जिनले डिजाइन गरेकी थिइन् । 

 

म्याडोनाको फ्लोरल सुट
अमेरिकाकी चर्चित गायिका तथा अभिनेत्री म्याडोनाले एक कार्यक्रममा लगाएको फ्लोरल सुटले पनि यो वर्ष निकै चर्चा पायो । म्याडोनाले लगाएको उक्त पहिरनको तल्लो तथा माथिल्लो खण्ड दुवै उस्तै रंगमा तयार गरिएको थियो । 

 

जिमी किमेलको थ्रिपिस विथ बो टाई
अमेरिकी टिभी होस्ट जिमी किमेलले एमी एवार्डका क्रममा लगाएको थ्रिपिस विथ बो टाईलाई वर्षकै उत्कृष्ट पुरुष पहिरन मानियो । जिमी फेसन सेन्सका लागि पनि परिचित छन् । उक्त अवसरमा बो टाइका साथ उनले लगाएको कालो रंगको सुटले यो वर्ष निकै चर्चा पायो ।

 

साम काल्फिन, बेलायत 
ब्रिटिस संस्कृति र परम्परा झल्कने कार्डिगन जिन्सलाई पनि यो वर्षको उत्कृष्ट पहिरन मानियो । ब्रिटिस अभिनेता काल्फिनले एउटा कार्यक्रममा लगाएको यो पहिरनले स्मार्ट र रोयल लुक्स दिने उत्कृष्ट पहिरनको रुपमा चर्चा कमायो । 

 

भिक्टर क्रुजको माइसेन्ट वुल बम्बर
न्युजर्सीका व्यवसायिक फुटबल खेलाडी भिक्टर क्रुजले लगाएको माइ सेन्ट वुल बम्बर ज्याकेटले पनि यो वर्ष निकै चर्चा कमायो । 

 

जो बाइडेनको पिन स्ट्रिप्ड सुट
अमेरिकाका उपराष्ट्रपति जो बाइडेनले नीलो टाइसहित लगाएको स्ट्रिप्ड सुटलाई यो वर्षकै उत्कृष्ट फर्मल ड्रेस मानियो । 

 

पउल स्पार्कको कालो सुट
हलिउड अभिनेता पउल स्पार्कले एमी एवार्ड–२०१६ का क्रममा लगाएको कालो सुटले पनि यो वर्ष पर्याप्त चर्चा पायो । उक्त कालो सुट गुणस्तरीय फेब्रिकका कारण मात्र नभै उत्कृष्ट स्टाइलका कारण पनि चर्चामा आएको थियो । 

प्रकाशित :पुस २६, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्