निशा र प्रज्वलले तराई झरेर माया लगाए

- साप्ताहिक संवाददाता

पुस २५, २०७३

 

वि.सं.२००७ सालमा आएको प्रजातन्त्र  दिवसको अवसर पारेर फागुन ६ गते रिलिज गराउन लागीएको चलचित्र मेरो देशको उकाली ओराली बोलको भिडियो  गीत सार्वजनिक गरीएको छ । सार्वजनिक  गीतमा मधेश र  पहाडको सम्बन्ध गाढा बनाउन तराई झरेर माया  लगाएको भाब झल्कन्छ ।

 

चलचित्रको यो गीतलाई बीबी अनुरागीले संगीत भरेका छन भने निर्माता सार्वजनिक उदय सापकोटा सुरेनले लेखेका हुन् । गीतमा अप्सरा देबकोटा र रुपक चौधरीले स्वर दिएका छन् । रबिन्द्र बरालको कोरीयोग्राफी रहेको यो गीतलाई किरणराज थापाले सम्पादन गरेका छन् । गीतलाई राजमार्गको बिपि हाईवेदेखी सुनकोशीको तिरमा छायांकन गरीएको छ । चलचित्रलाई देब नेपालले निर्देशन गरेका छन ।  प्रोमो रिलिजको तयारी भइरहेको  निर्माता सापकोटाले बताएका छन् । चलचित्रमा आयुष रिजाल,एलिजा प्रधान,ध्रुब कोईराला,निर शाहा लगाएतका कलाकारहरुले अभिनय गरेका छन् ।

भिडियो : 

  

प्रकाशित :पुस २५, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्