गायक दिपक बज्राचार्यको लभ मन्त्र

- साप्ताहिक संवाददाता

पुस २३, २०७३-    

प्रेममा सबैभन्दा चाहिने कुरा भनेको इमान्दारिता हो । आफ्नो प्रेमसम्बन्ध बलियो बनाउने हो भने सम्बन्धमा इमान्दारिता चाहिन्छ । प्रेम सम्बन्धमा त्याग हुनुपर्छ भन्ने सुनिएकै हो । त्याग भन्नाले सम्बन्भ गाँसिएपछि आफ्ना कुनै खराब बानीहरू छन् भने त्यसलाई उनको खुसीका लागि त्याग्न सक्नुपर्छ भन्नु नै हो । 

    

एकअर्काले गर्ने काममा प्रोत्साहित एवं प्रशंसा गर्नु पनि आवश्यक हुन्छ । प्रेम मात्र शारीरिक आकर्षणका लागि हो भन्ने सोच्नुभएको छ भने तपाईं असल प्रेमी होइन । प्रेममा आत्मियता हुनुपर्छ । सकेसम्म आफूलाई मनपरेको वा प्रेम गर्ने मानिसको जन्मदिन बिर्सनु हुँदैन । कामको व्यस्तताबीच बिर्सियो भने पनि उपहार दिएर वा डिनरमा लगेर फकाउन सकिन्छ ।अनावश्यक चाहना गर्दा पनि प्रेम दिगो हुँदैन । उनको इच्छा पनि बुझ्न सक्नुपर्छ र जस्तोसुकै परिस्थितिमा पनि उनलाई खुसी राख्न सक्नु असल प्रेमीको कर्तव्य हो ।

प्रकाशित :पुस २३, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्