गायन र पर्यटनमा सफल गणेशले नयाँ एल्बम ल्याउने

- साप्ताहिक संवाददाता

पुस २१, २०७३-  

पर्यटन क्षेत्रमा ३ दशक लामो अनुभव संगालिसकेका गणेश न्यौपाने गीत–संगीतका निखारिएका गायक हुन् । गीत–संगीतमा पनि खासगरी पूर्वेली लोकभाकामा उनको राम्रो दख्खल छ । मेहनत र लगनशीलतालाई आफ्नो जीवनको प्रमुख मार्गदर्शनका रूपमा लिने गणेश न्यौपाने पर्यटन व्यवसायीदेखि लिएर लोकभाकालाई एकै पटक हाँकिरहेका छन् ।

पूर्वेली भाकामा पनि कालजयी गीत ‘धनकुटा डाँडाबजार’ नामक एल्बमले खुबै चर्चा कमायो । गायक गणेशलाई यो एल्बमले १० औं इमेज अवार्डसमेत दिलायो । यसैगरी ‘झुमके–सल फिरिरी’ बाट पनि उनले आफ्नो परिचय निकै दह्रिलो बनाए । धन्कुटामा जन्मिएर हाल काठमाडौलाई कर्मथलो बनाइ काम गरिरहेका गणेशले निकालेका अधिंकाश एल्बमले उनलाई गीत–संगीतको शिखरमा पुर्‍याएको छ । उनले २०६७ सालमा खोलेको कम्पनी हिमाली क्रियसनले चाँडै नयाँ एल्बम बजारमा ल्याउने भएको छ ।

गणेश न्यौपानेलाई चर्चामा ल्याउने पूर्वेली लोकभाकाको भिडियो : 

प्रकाशित: पुस २१, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्