साथीभाइले तपाईंको उधारो कत्तिको खाएका छन् ?

- साप्ताहिक संवाददाता

पुस २१, २०७३

मेरो पसल नै छैन । 

लिलु डुम्रे

किन ? तिरिदिने हो र ? 

अतीत

कति हो कति ? भनेर साध्यै छैन हजुर ! यही पीडाले थिचिएको छ जिन्दगी । 

सूर्य बाबु

साथीभाइले त खाए–खाए, चिन्दै नचिनेकाले पनि खाइदिए । तिरिदिने विचार गरेको हो साप्ताहिकले ?

ए फर अशोक

जिन्दगी नै उधारो–उधारो छ । कति खाइन्छ अनि कतिले खान्छन् । अझ साथीहरूको सवालमा एक–अर्काको उधारो तिर्न नसकी मरिन्छ । हैट् !

कर्ण

जस–जसले खाए, एक पैसा पनि तिरेनन् । 

न्यौपाने

धेरैले लगेका छन् । भोलि दि’हाल्छु भन्छन् तर उनीहरूको भोलि कहिल्यै आउँदैन ।

गौरव

खाएर, पचाएर पनि फालिसके नि ! माग्दा–माग्दा अहिले त आफैंलाई माग्न लाज लाग्ने भैसक्यो ।

हरि सिलवाल

हँसाउनुको पनि तरिका हुन्छ यार ! खाएको मात्र होइन, खाँदा–खाँदा जोगी बनाएरै छाडे । अब सडकमा कचौरा लिएर बस्न मात्र बाँकी छ ।

सन्तोष सिम्खडा

उधारो खाने पनि होइन, दिने पनि होइन । खाने र दिने हो भने ढिलो–चाँडो एक दिन साथीभाइमा फाटो आइहाल्छ ।

ईश्वर शाही ठकुरी 

खाएका छन्, किन नखानु ? अघाइन्जेल खाएर, पचाएर पनि अझै माग्दै छन् हजुर † लौन के गर्ने होला?

राज अधिकारी

तिरिदिने हो र ?

सुमन

किन साप्ताहिकले तिरिदिने गर्ने हो र ? 

कमल कुशल

 

हा, हा !प्रश्न सुनेर हाँसो लाग्यो । 

उमेश नेपाल

ढ्याउ आउने गरी खाएका छन् नि ! 

श्रवणराज पौडेल

साथीभाइले त खाए–खाए, नजिकका आफन्तहरूले पनि खाए । 

रोजिना 

कुरा नगरम् । 

विष्णु घिमिरे

हा, हा, हा । 

चिसो आगो लिएपछि फिर्ता दिने चलन छैन । दिएपछि माग्ने चलन पनि छैन । 

रूपक तामाङ

के हो, साथीहरूबीच झगडा गराउन खोजेको साप्ताहिकले ?

ममीको कान्छो छोरो

खाएर पचाइसके । अब बाँकी छैन ।

टेकेन्द्र विष्ट मधुपवन 

के अब साप्ताहिकले तिरिदिने हो र ? 

प्रतीक प्रधान

धेरै घटना छन् । कति भनौं ?

अमन गुरुङ

जुन गोरुको सिङ छैन त्यसको बिस्तारै पलाउँछ भन्ने सिद्धान्तलाई आत्मसात् गरेर चुपचाप छु, पछि तिर्लान् नि त ।

गोविन राजभण्डारी

एउटा भनाइ छ नि— दिएर भुल्नु लिएर नभुल्नु । उधारो दिएको जति सबै भुलियो, अब के भनम् ?

गजदीश बोहोरा

खोइ कसैले फिर्ता दिँदैनन् क्यारे । गाउँमा हुँदा उधारो खाइदिएर चिलिम फर्काइ बिदेसिन बाध्य बनाए । बिदेसमा पनि साउदी अरबदेखि कतारसम्म उधारो खानेहरूबाट साउँ–ब्याज आउने भए त काठमाडौंमा अढाई तले घरै किन्न पुग्थ्यो । गफ दिएको चाहिँ होइन । उधारो खाने मित्रहरूको नामसमेत भन्न सकिन्छ ।

प्रबिन दाहाल

नदिऊँ भन्यो मुख बाङ्गो, दिऊँ भने आफू नाङ्गो । आफूलाई परेका बेला कसैले वास्ता गर्दैनन् । साथीभाइलाई दिएको उधारोको हिसाब गर्‍यो भने एउटा बाइक नै आउँछ ।

डेभिड 

मेरो विश्वास नै उधारोमा लिएका छन् । अरू के बाँकी छ र ?

लिम्बू शिशिर

 

उधारो पाउँदासम्म बोल्छन्, पछि पैसा माग्न थालेपछि मुन्टो बटार्छन् ।

प्रवेश

बराबरी जस्तै हो । आफूसित नहुँदा  साथिभाइको पनि त सापटी लिइन्छ नि ।

भरत खनाल

खाइएको पनि छ, दिइएको पनि छ ।

भीम थापा

कत्ति हो कत्ति, कुरै नगरम । जोड्या भए एक कठ्ठा जग्गा आउने पैसा पुग्थ्यो । मरे तिर्दैनन् ।

रूपक दाहाल

हिसाब र पिसापमा क्लियर भएकै राम्रो । अलि–अलि उधारो त भैहाल्छ नि ।

रोहित धौलाकोटी

खाएर बिर्सने धेरै छन् । बस तिनीहरूलाई त्यतिले नै पुगोस् । 

नेत्रराज श्रेष्ठ

प्रकाशित :पुस २१, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्