‘हाक्का हाक्की अब पक्का पक्की’ ले ७५ औ भाग मनायो
पुस २०, २०७३
चर्चित हास्य कलाकार दमन रुपाखेती निर्देशित नेपाल टेलिभिजन बाट हरेक आइतबार साझ ८:५० बजे प्रसारण हुने चर्चित हास्य टेलिचलचित्र हाक्का हाक्की अब पक्का पक्कीले आफ्नो ७५ औ भाग भब्यताको साथ् मनाएको छ । विभिन्न समस्याको बाबजुद पनि चर्चित हास्य टेलिचलचित्र हाक्का हाक्कीले आफ्नो ७५ औ भाग सगरौब सम्पन्न गरेकोमा निर्माता राम थापा खुसि ब्यक्त गर्छन ।
विभिन्न समस्या भुकम्प, नाकाबन्दी, मीडियाहबको समस्याहरु बाबजुद पनि हाक्का हाक्की अब पक्का पक्कीले देश काल परिस्थितिलाइ समेटेर लगातार रुपमा आफ्ना श्रृखला नरोकीकन प्रसारण गरेकोमा हाक्का हाक्की अब पक्का पक्की टलिसिरियलको छुट्टै पहिचान भएको भन्दै मुक्त कन्ठले सम्पुर्ण शुभचिन्तक तथा दर्शक हरुले प्रसंशा गरेका छन ।
दमन रुपाखेती द्वारा निर्देशित तथा राम थापा द्वारा निर्मित हास्य टेली चलचित्र हाक्का हाक्की अब पक्का पक्कीले समसमाहिक बिषय बस्तु लाइ समेट्दै दर्शक श्रोताको मन जित्न सफल भएको छ । टेलि सिरियल हाक्का हाक्की अब पक्का पक्कीमा नेपालका चर्चित कलाकारहरु दमन रुपाखेती, कबिता शर्मा, सुजित थापा (डेभिड), राम थापा, शिब शर्मा ९ माइलो० जनक बर्तौला, प्रकाश न्यौपाने, सिम्रन पौडेल मणिराज काफ्ले, सरस्वति खड्का थापा, रेनु शर्मा,सन्तोषराज सापकोटा, यादब थाप, धरणीधर न्यौपाने, पारबन राई,राजन चौलागाई, मणिराज काफ्ले, भीमसेन अधिकारी, राज कुमार कुँवर, प्रमिला न्यौपाने लगायत अन्य चर्चित कलाकारहरु को भूमिका रहेको छ।
भिडियो :
प्रकाशित :पुस २०, २०७३




















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्