तिम्रो वदनको म्युजिक भिडियो सार्वजनिक

- साप्ताहिक संवाददाता

पुस १९, २०७३

गायक लक्षु निरौलाको पछिल्लो गीत ‘तिम्रो वदन....’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । विभिन्न चार राष्ट्रिय टेलिभिजन कार्यक्रममार्फत सोमबार उक्त भिडियो प्रिमियर गरिएको हो । विगत एक दशकदेखि भिजुअल एडिटरको रुपमा कार्यरत सुशिल न्यौपानेले यो भिडियोको निर्देशन गरेका हुन् । काठमाडौं तथा नारायणघाटको नारायणी किनारमा छायांकन गरिएको यो भिडियोमा सञ्जना तिमिल्सिना तथा रोशन सिंहले अभिनय गरेका छन् ।

एशियन म्युजिकले यूट्युवमार्फत सार्वजनिक गरेको यो गीतमा विक्रम थापाको संगीत निर्देशन छ भने सन्तोष मादेन लिम्बुले गीतका शब्दहरु रचना गरेका हुन् । दिवंगत संगीतकर्मी स्व।सुनिल वर्देवाद्वारा संगीतबद्ध गरिएको यो गीतको म्युजिक भिडियोलाई वर्देवाप्रति नै समर्पित गरिएको गायक निरौलाले स्पष्ट पारेका छन् । मानससिंह सुवालद्वारा छायांकन गरिएको भिडियोको सम्पादन निर्देशक न्यौपानेले नै गरेका हुन् । कञ्चनबारी, विराटनगरका गायक लक्षु निरौला डेढ दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय छन् । यसअघि गायिका ईन्दिरा जोशीसंग ‘रक्सी गिलेनमा......’ शीर्षकको यूगल गीत गाएर चर्चामा आएका गायक निरौलाले दुई वर्षअघि गाएको तिहार विशेष गीत पनि लोकप्रिय भएको थियो ।

भिडियो : 

 

प्रकाशित :पुस १९, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्