एक दिनको फरकमा ‘लभ सासा’ र ‘किङ’ प्रदर्शनमा आउने

- साप्ताहिक संवाददाता

पुस १९, २०७३

 

पुस २८ गते प्रदर्शनमा आउने चलचित्र ‘लभ सासा’ ले काठमाडौंमा एक समारोह आयोजित गर्दै ट्रेलर सार्वजनिक गरेको छ । प्रचण्डमान श्रेष्ठद्वारा निर्देशित माधव वाग्लेको यो चलचित्रमा कर्मा शाक्य, केकी अधिकारी तथा आसिफ शाह मुख्य भूमिकामा छन् । 

 

यसैगरी,  पुस २९ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘किङ’ को दोस्रो  ट्रेलर  सार्वजनिक भएको छ, जसमा निखिल उप्रेती, अनुपविक्रम शाही तथा बेनिशा हमाललाई प्रस्तुत गरिएको छ । यो चलचित्रका निर्देशक सबिर श्रेष्ठ हुन् । 

 

प्रकाशित :पुस १९, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्