वर्षका उत्कृष्ट फेसन डिजाइनर

- एजेन्सी

पुस १७, २०७३

 

डिजाइनर : डोना करन,न्युयोर्क 

विशेषता : सेभेन इजी पिसेस

न्युयोर्कको फेसन संसारमा चर्चित डिजाइनर डोनाले यो वर्ष डिकेएनवाई नामक फेसनलाई लोकप्रिय बनाइन् । 

 

डिजाइनर : काल्भिन केलिन,  न्युयोर्क 

विशेषता :फर्मल, अन्डरवेयर, जिन्स एण्ड स्पोर्टस वेयर 

ग्लोबल लाइफ स्टाइलका पहिरन उत्पादन गर्न पोख्त डिजाइनर काल्भिन केलिन आफैंमा एक चर्चित ब्रान्ड हुन् ।

 

डिजाइनर: डन्टेला भर्सेस,   इटाली

विशेषता : भर्सेस ग्रिन ड्रेस, जंगल ड्रेस, प्लाजो भर्सेस 

डेन्टलाले बनाएका डिजाइनलाई यो वर्ष जेनिफर लोपेज, लेडी गागा तथा म्याडोनाले लोकप्रिय बनाए । 

 

डिजाइनर : टम फर्ड, अमेरिका 

विशेषता : इभनिङ ड्रेस 

सेक्सी र प्रोभोकेटिभ (यौन उत्तेजक पहिरन) डिजाइन तयार गर्ने चर्चित डिजाइनर हुन–फर्ड । 

 

क्यारोलिना हेरेरा, भेनेजुयला

विशेषता : डेली वुमन वेयर 

क्यारोलिनाले सन् १९६० यता अमेरिकाका प्रथम महिला ज्याक्लिन केनेडीदेखि मिसेल ओबामासम्मका पहिरन डिजाइन गरेकी छिन् । 

 

डिजाइनर : बेट्सी जोनसन, अमेरिका 

विशेषता :फेमिनाइन पहिरन

डिजाइनर बेट्सी डिजाइनसँग सम्बन्धित रियालिटी शो गर्छिन् । उनको स्टाइल 

फेसन नेटवर्कमा सबैभन्दा लोकप्रिय मानिन्छ ।

प्रकाशित :पुस १७, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्