तपाईंलाई सबैभन्दा दिक्क बनाउने कुरा के हो ?

- साप्ताहिक संवाददाता

पुस १४, २०७३-  

सोच सकारात्मक हुनुपर्छ दिक्क भन्ने कुरै हुँदैन । 
ईश्वर शाही ठकुरी 

काठमाडौंको सडक । अति नै धुलो, मास्क र चस्माले नि नधान्ने ।
कमल कार्की

नेपालका खुरापाती नेताहरूको राजनीति ।
मदन गुरुङ

मन्त्रीका बकम्फुसे भाषण ।
बिपेन्द्र कार्की

हाम्रा नेताको भाषण र काम गर्ने शैली ।
जयराम खड्का

ठूला नेताहरूको गफ ।
चन्द्र

नेपालको अहिलेको राजनीति र राजनीतिज्ञ ।
जीवन

गाडी चढेर यात्रा गर्यो बाइकवालाहरूले बाटो छेकेर ओभरटेक गर्दा दिक्क लाग्छ । आफैंले बाइक चलाको बेलाचाहिँ माइक्रोबसहरूले पेलेको देख्दा दिक्क लाग्छ ।
हर्ष

यो प्रश्न देखेरै दिक्क लाग्यो हजुर मलाई त ।
राज अधिकारी

हाम्रा नेताको भाषण र काम गर्ने शैली ।
जयराम

नेपाली राजनीति ।
दीपेन्द्र काफ्ले

काठमाडौंको कोलाहल, सवारीसाधनको चाप तथा धुलो–मैलो ।
कबीन्द्र

प्रधानमन्त्री फेरिने चलन ।
बुद्धिमान

नेपालका नेता तथा तिनका हनुमान देखेर दिक्क लाग्छ ।
दीपक पौडेल

नेताहरूको दही चिउरे बानी ।
डिल्ली पाण्डे

नेताको बोली खासगरी कथित ठूला भनाउँदाहरूको बोली ।
झबीन्द्र 

पैसा 
मदन

लोडसेडिङ, बन्द र हड्ताल ।
कान्छो छोरो

गफ लगाउने ठूटे नेता ।
सन्तोष लुइँटेल

नेपालको राजनीति र अशान्ति ।
पृथीलाल मगर

यो आफैंमा भर पर्ने कुरा हो । 
सूर्यबाबु

नुहाइसकेपछि कपडा धुने चक्करले गर्दा नुहाउने दिन पनि लम्बिन्छ, यसमै दिक्क लाग्छ ।
राजकुमार पौडेल

नकारात्मक सोच्यो भने जेमा पनि दिक्क लाग्छ ।
निराजन

१० वर्षे जनयुद्ध लडेका अनि दुईचोटी प्रधानमन्त्री बनेका व्यक्तिसँग ३ तोला सुन मात्र सम्पत्ति छ भनेर तथ्यहीन समाचार छाप्ने नेपाली मिडियादेखि दिक्क लाग्छ । सकिन्छ भने उनको सम्पत्ति खोजीनीति गर्नु नि !
उज्जन श्रेष्ठ

आज–भोलि त प्रचण्डका विचारहरू सुनेर दिक्क लाग्छ ।
रिजन खड्का

आजकालका केटीहरूको पारा देखेर ।
विश्व क्षेत्री

ट्विटेहरूको राजनीति देखेर ।
रुथ तिवारी

नेपालको राजनीति र यहाँका नियम कानुन देखेर दिक्क लाग्छ ।
अस्मिता मगर

जब कानमा नारायण गोपालको गीत बजिरहेको हुन्छ, त्यति बेलै गाडीको ड्राइभरले ठूलो आवाजमा हिन्दी गीत बजाउँछ । त्यतिबेला सारै दिक्क लाग्छ ।
मेटलहेड

प्रकाशित: पुस १४, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्