पुष १७ मा मिस बिराटनगर

- साप्ताहिक संवाददाता

पुस १३, २०७३

 

लक्ष्य इम्पोरियम एण्ड एक्टिभ इन्टरनेस्नल मिडियाको आयोजनमा आगामी पुष १७ गते आइतबार मिस बिराटनगर हुने भएको छ । एमएम अर्थात मकालु मिडिया प्राडक्सनकी रिता कट्टेलले प्रतियोगीहरुलाई तालिम दिएकी छिन् ।

 

प्रतियोगीहरुका लागि सम्पूर्ण कोरियोग्राफीदेखी लिएर आवश्यक अन्य तालिमको जिम्मा सम्हालिरहेकी कट्टेलले प्रतीयोगीहरु अन्तिम चरणको प्रतिस्पर्धाका लागि तयारी अवस्थामा समेत रहेको जानकारी दिइन । तालिम १७ दिनसम्म चलेको थियो । उक्त अवधिमा प्रतियोगीलाई स्टेज फेस गर्नेदेखी लिएर व्यक्तित्व झल्काउने तालिम प्रदान गरिएको छ । पहिलो पटक हुन लागेको मिस बिराटनगरका लागि अन्तिम स्पर्धामा १६ जना युवती भिड्दैछन् ।

 

प्रकाशित :पुस १३, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्