आशिष र अप्सरालाई नेपाल्स स्टार मोडल २०१६ को एवार्ड

- साप्ताहिक संवाददाता

पुस १२, २०७३

 

गत शनिबार जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न ‘नेपाल्स स्टार मोडल २०१६’ को उपाधि आशिष कुमार मिश्र र अप्सरा थापाले जितेका छन् । सिद्धि मिडिया प्रा.लि.को आयोजनामा संचालन भएको सो मोडल प्रतिस्पर्धामा आशिषले वेष्ट वाक र मस्ट ह्यान्डसम विधाको अवार्ड पनि जित्न सफल भए भने अप्सरा वेष्ट वाक र फोटोजेनिक विधाको विजेता पनि बनिन् ।  

 

सो प्रतिस्पर्धामा सबनम चौधरी मस्ट पपुलर तथा मस्ट ट्यालेन्टेड विधाको विजेता संगै फस्ट रनर अप भइन् भने वेष्ट हेयर अवार्ड सहित अनुपमा घिमिरे सेकेन्ड रनर अप विजेता छनौट भइन् । युवक तर्फ मस्ट पपुलर विधाको अवार्ड सहित विक्रान्त पौडेल फस्ट रनर अप तथा वेष्ट ड्रेसको अवार्ड सहित पवन श्रेष्ठ सेकेन्ड रनर अप विजेता निक्र्यौल गरिए ।  

 

प्रकाशित :पुस १२, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्