सौगात र श्रीयाले जिते रनवे मोडल - २०१६ को उपाधि

- साप्ताहिक संवाददाता

पुस ११, २०७३

 

गत शनिबार क्रिसमस ईभको दिन सम्पन्न रनवे मोडल २०१६ नामक मोडल प्रतिस्पर्धामा सौगात शर्मा र श्रीया थापा विजेता चयन भएका छन् । रनवे नेपालको आयोजना सम्पन्न दोस्रो संस्करणको यो प्रतियोगितामा सौगातले ह्यान्डसम किङको पनि उपाधि जिते भने श्रीया पर्सनालिटी र कन्जिनियालिटी विधाको अवार्ड पनि उत्कृष्ट ठहरिन् । प्रतियोगितामा सुमन श्रेष्ठ र हिरा देवी राई फस्ट रनर अप तथा मोहन थापा र पूजा गुप्ता सेकेन्ड रनर अप घोषित भएका थिए । 

 

नवप्रवेशी मोडलहरुको फेसन शो तथा गीत संगीतले मनोरञ्जनपूर्ण बनेको सो प्रतिस्पर्धामा पूजा गुप्ता र निराजन महर्जनलाई वेष्ट पर्फमेन्स, मोहन थापा र खुश्बु तामाङ फेसननिष्टा, समिक्षा सुनार र प्रवेश खड्का फोटोजेनिक, संगीता के.सी. र विश्वास तामाङ मेक ओवर, सनिल महर्जन र हिरा देवी राई र्‍याम्प वाक विधाका अवार्ड विजेता चयन भएका थिए ।

 

यसैगरी योगेश कायस्थ डिसिप्लीन, सुमन श्रेष्ठ भिअर च्वाइस र मोस्ट एक्टिभ, आभास थिङ वेष्ट पर्सनालिटी र म्यानेज्मेन्ट च्वाइस, रिस्ता लिम्बु म्यानेज्मेन्ट च्वाइसर मल्टिमिडिया, सुनिता कार्की मोस्ट युनिक, ज्योति तामाङ फिगर, राजन बुढाथोकी मल्टिमिडिया र भिअर च्वाइस, राजेश तामाङ फिजिक तथा सुश्मिता तुलाधार ब्युटी क्वीन अवार्डमा विजेता घोषित भएका थिए । 

प्रकाशित :पुस ११, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्