आरपीलाई श्रद्धाञ्जली

- साप्ताहिक संवाददाता

पुस ११, २०७३

ह्दयाघातका कारण दुई साताअघि विराटनगरमा मृत्युवरण गरेका कलाकार तथा गायक आरपी भट्टराईलाई कलाकारहरूले सामूहिक श्रद्धाञ्जली दिएका छन् । निधन भएको १२ औं दिन गत मंगलबार प्रज्ञाभवनमा आयोजित श्रद्धाञ्जली सभामा हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, नारद खतिवडा, उज्ज्वल घिमिरे, मनोज गजुरेल, लक्ष्मण शेष, रामशेखर बोगटी आदि कलाकारले आरपी भट्टराईले अभिनय क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गरेका थिए । आरपी हास्यश्रृंखला ‘तीतो सत्य’ मा लादाराम थेगोका कारण लोकप्रिय थिए । गायनमा समेत सक्रिय आरपीले अभिनय गरेको चलचित्र ‘छक्का पञ्जा’ हाल प्रदर्शनमा छ । 

प्रकाशित :पुस ११, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्