ढाड तथा घाँटीको पीडाबाट कसरी जोगिने ?

- साप्ताहिक संवाददाता

पुस १०, २०७३- 

महिलामा बढी मात्रामा ढाड तथा घाँटी दुख्ने समस्या हुन्छ । महिलाले निहुरेर काम गर्नुपर्ने भएकाले यस्तो समस्या देखिन्छ । शिशुको स्याहार, घर एवं अफिसको काम आदि अनेकन जिम्मेवारी पूरा गर्ने महिलामा यो समस्या अझ बढी हुन्छ । 

 

यो समस्याबाट मुक्तिका लागि बस्दा सोझो तथा अडेस लगाएर बस्नुपर्छ । कुर्सीमा लगातार बसेर काम गर्नुपर्छ भने बेला–बेलामा ब्रेक लिनुपर्छ । गर्‍हुँगो सामान बोक्नुहुँदैन । टेलिभिजन हेर्दा, कम्प्युटर तथा ल्यापटपमा काम गर्दा घाँटी दुख्ने समस्या उत्पन्न हुनसक्छ । त्यसैले घाँटीलाई न्युट्रल राख्नुपर्छ । 

 

अग्लो सिरानीको साटो पातलो तथा नरम सिरानी प्रयोग गर्नुपर्छ । ढाड तथा घाँटीको पीडाले हातखुट्टामा समेत असर गर्न सक्छ । हातखुट्टाको नसा च्यापिने, झमझम गर्ने जस्ता समस्या उत्पन्न हुन सक्छन् । यस्तो समस्या देखिए समयमै उपचारमा लाग्नुपर्छ । 

प्रकाशित :पुस १०, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्