किर्तिपुरको नेपाल भाषा एकेडेमीमा ‘ड्रामा फर चेन्ज’

- साप्ताहिक संवाददाता

पुस ७, २०७३

 

युवावर्गलाई लागुपदार्थ मुक्त जीवन जिउन उत्प्रेरणा दिने हेतुले आयम स्किल्स डेभलप्मेन्ट सेन्टर र ओनस नेपालको संयुक्त आयोजनामा र एभरेष्ट फिल्म एकडेमीको सहयोगमा  ‘ड्रामा फर चेन्ज’ नामक कार्यक्रम पुष ५ गतेदेखि किर्तिपुरको नेपाल भाषा एकेडेमीमा भइरहेको छ ।

युवावर्ग र समुदायलाई लक्षित गरी तयार पारिएको  कार्यक्रममा करिब १५ सयभन्दा भन्दा बढी व्यक्तिहरुलाई लागुपदार्थ  दुर्व्यसन विरुद्ध  जनचेतना फैलाउने  उद्देश्य रहेको आयम स्किल्स डेभलप्मेन्ट सेन्टरकी रोजिना मानन्धरले जानकारी दिइन् ।   बिहान ११ बजे र दिउसो २ बजे  देखाइने उक्त नाटक  पुष  ९ गतेसम्म १० वटा शो प्रदर्शन  हुनेछन् ।

नाटकमा   एभरेष्ट फिल्म एकेडेमीका विद्यार्थीहरुले कलाकारको भूमिका निर्बाह गरिरहेका  छन। उक्त कार्यक्रमबाट हुने  आर्थिक सङ्कलन अन्य लागुपर्दाथ दुर्व्यसन सम्बन्धी कार्यक्रममा खर्च गरिने आयोजकका तर्फबाट आशा परियारले जानकारी दिइन् ।

प्रकाशित :पुस ७, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्