एनआरएनए अफ्रिकाको दोस्रो क्षेत्रिय बैठकको तयारी पूरा

- साप्ताहिक संवाददाता

पुस ७, २०७३

गैरआवासीय नेपाली संघ (एनआरएनए) अफ्रिका संयोजक सुनिल कार्कीले आगामी डिसेम्बर २४ र २५ मा हुने एनआरएनए अफ्रिकाको दोस्रो क्षेत्रिय बैठकको तयारी पूरा भैसकेको बताएका छन् ।

उक्त बैठक एनआरएनए तान्जानियाको आतिथ्यता तथा नेपाली दूतावास दक्षिण अफ्रिकाको सहकार्यमा गरिन लागेको हो ।

उक्त बैठकमा अफ्रिकामा रहेका एनआरएनएका १५ शाखामध्ये नौ भन्दा बढी शाखाबाट सहभागी हुने र केन्द्रबाट एनआरएनए प्रमुख संरक्षक जीवा लामिछाने, सल्लाहकार टिवी कार्की, उपाध्यक्ष कुमार पन्त, सचिव अर्जुन श्रेष्ठ, कोषाध्यक्ष हिक्मत थापा र अष्ट्रेलियाबाट आइसीसी सदस्य निरज श्रेष्ठ र नेपालबाट साप्ताहिकका प्रधान सम्पादक सुवास ढकाल र नागरिक दैनिका पत्रकार मणि दाहाल  अादि सहभागी हुने बताइएको छ ।

तान्जेनियाको राजधानी दार–ए सलाममा २ दिन सम्म चल्ने उक्त सम्मेलनमा एनसीसी र केन्द्रबाट झण्डै ७० देखि ८० जना सहभागी रहने छन भने दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत अमृत बहादुर राई पनि सहभागी हुने छन् । 

सन २०१४ मा सम्पन्न पहिलो सम्मेलनमा नेपालमा बैदेशिक लगानीका अवसर पहिल्याउने र अफ्रिकामा नेपालबाट बढ्दो मानब तस्कर रोक्ने मूल विषय थियो भने दोश्रो सम्मेलनमा अफ्रिकामा रहेका नेपालीहरुको समस्या, नेपाली दूतावास र निकायको न्युन उपस्थितिका कारण देखिएका समस्या, गैरकानुनी मानब ओसारपसार, अफ्रिका राहतकोष तथा अफ्रिका र नेपालबीच पर्यटन अनुभव आदान प्रदान लगायतका विषयमा छलफल गरिने कार्कीले जानकारी दिएका छन् ।

प्रकाशित :पुस ७, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्