छोराछोरी आफ्ना र श्रीमती अर्काकी राम्रा लाग्छन् किन भनिएको होला ?

- साप्ताहिक संवाददाता

पुस ७, २०७३

 

जोसँग खुसी भइन्छ उही आफ्नो हुन्छ ।

टीका बुढाथोकी

हैट, कसरी पत्याउने ? हाम्रा बाले त हामीलाईभन्दा हाम्री आमालाई नै धेरै माया गर्छन् जस्तो लाग्छ ।

संयम महर्जन

यथार्थ कुरा हो नि, यो किन भन्ने कुरै होइन, जसलाई पनि लाग्ने त्यही हो ।

राजु लामा

आफ्नी श्रीमतीका बारेमा खासै खुलेर कुरा गर्न नरुचाउने पुरुषप्रधान समाजको उपज हो यो भनाइ ।

सुरेश

श्रीमतिकै कारणले ।

सूर्य चन्द्र

छोराछोरी आफ्नो कमाइ भएकाले सबैलाई मन पर्छन् । श्रीमतीको कुरा गर्ने हो भने सबैलाई सम्पत्ति त धेरैभन्दा धेरै जोड्न मन लाग्छ नि ।

झापाको कान्छो

आफ्नो बिज भएर होला सबैलाई आफ्ना छोराछोरी राम्रो लाग्ने, तर नामर्दहरूलाई मात्र अरूका श्रीमती राम्रा लाग्लान् । नत्र आफ्नै राम्री ।

गोपालचन्द्र थापा

छोराछोरीलाई आफूले दु:ख गरी आफ्नै आँखाअगाडि हुर्काइएको हुन्छ । श्रीमती अर्काकी राम्री लाग्नु अपवाद हो । सम्भवत: घरकी बूढीसँग सन्तुष्टि नभएर हो कि ?

अर्मत अर्जुन 

आफ्नो सन्तान त सबैलाई प्यारा लाग्छन् नै, तर पनि नयाँ चिजमा आँखा लाग्नु सामान्य हो । त्यसैले होला, अर्काकी श्रीमती राम्री लागेकी । मेरो विचारमा जीवनभर साथ दिने श्रीमती गलत हुन्नन् ।

भरत खनाल

गार्‍हो छ यो प्रश्नको उत्तर दिन, तर रमाइलो छ प्रश्न । आफ्नै बीउ र अर्काको बीउको असर पनि होला, एउटै रूप हेर्दा–हेर्दा वाक्क हुनेहरूलाई अर्काकी श्रीमती राम्री लाग्ने समस्या होला नि ।

गणेशप्रसाद पौडेल

योचाहिँ चेतनाको अभाव अनि मानवीयता नभएको मान्छेको कुरा मात्र हो ।

सुवास जिम्माल

आफ्नी श्रीमतीलाई चोखो माया गर्नेहरूलाई त्यस्तो लाग्दैन ।

दानसिंह कार्की

विवाह गर्छु । सन्तान जन्मिएलान् अनि त्यसपछि भनुँला नि ।

सुसन

त्यही भएर होला, एक महिनाअघि भेटेको साथी प्राय: जहिले पनि अर्काकै श्रीमती भा’ ठाउँ गैरहन्छ ।

कृष्ण श्रेष्ठ

यो गलत कुरा हो ।

सुमित शाह

मर्दका १० वटी भन्छन्, त्यही भएर हो कि ?

गोविन्द श्रेष्ठ

तपाईंबाटै यसको सही जवाफ पाए आभारी हुने थिएँ ।

जय यादव

खै मलाई त त्यस्तो लाग्दैन तर तपाईंलाई चाहिँ त्यस्तो लाग्दो रै’छ, कि कसो ?

फुला शेर्पा

कसले भनेको यो कुरा ? यसमा सत्यता छैन ।

राज भट्टराई

खै मलाई त आफ्नै श्रीमती राम्री लाग्छिन् ।

प्रितम

खोइ, त्यो त भन्ने मान्छेलाई थाहा होला ।

रोशन केसी

घरकी मुर्गी दाल बराबर भन्ने उखान चरितार्थ गर्न ।

सान्त्वन

 

प्रकाशित :पुस ७, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्