मोहनको लाहुरेको गीत

- साप्ताहिक संवाददाता

पुस ३, २०७३

 

गायक मोहन राईले आफ्नो पछिल्लो गीतिसाग्रह ‘कस्तो सपना’ मा समेटेको चर्चित गीत ‘अरुले लाहुरे भने पनि तिमीले पराई नभनिदिनु...गीतको भिडियो दर्शकमाझ ल्याएका छन् । उनले सामाजिक सञ्जाल यु ट्युव माफर्त शुक्रबार यो गीतको भिडियो सार्वजनिक गरेका छन् । 

 

यो गीतलाई  डिआईजी नवराज सिलवालले लेखेका हुन् । जसमा शुरेश अधिकारीको संगीत छ । जसमा लाहुर गएका नेपालीहरुको परिवारसागको सम्बन्धलाई दशाईएको छ ।  गीतमा बिमलेश अधिकारी, सारिका घिमिरेले पती पत्नीको भूमिका निर्वाह गरेका छन् । कुमार महर्जन यसमा पिताको भूमिकामा छन् । बिदुर पाण्डेले छायााकन गरेको यो भिडियोलाई प्रकाश तुलाधरले सम्पादन गरेका हुन् । जसको निर्देशक डब्बु क्षत्री हुन् ।

 

बिदेशबाट घरमा आएका लाहुरे पतिले नेपाल बसाईको छोटो समयमा पत्नीलाई खुसी पार्न दिएको मायाालाई भिडियोमा समेटिएको छ । गीत र भिडियोलाई दर्शकले रुचाउने विश्वास लिएको गायक मोहन राईले बताए । 

भिडियो : 

प्रकाशित :पुस ३, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्