रेस्लिङको मज्जा लिए पोखरेलीले

- राजाराम पौडेल, मनोज पौडेल

पुस ३, २०७३

 

गत आइतबार पोखरामा रोमाञ्चक रेस्लिङ प्रतियोगिता सम्पन्न भयो । उक्त प्रतियोगितामा भरतबहादुर विसुराल (हिमालयन टाइगर), टंकबहादुर श्रेष्ठ (मिस्टर यति), राम महर्जन (अजिङ्गर), हिक्मत थपलिया (स्कोरपियन) प्रकाश शाह (वारियर) राजकुमार नगरकोटी (इस्टोन पावर) आदिले आफ्नो खेल देखाएका थिए । ती सबै कुस्तीबाजले एकअर्काविरुद्ध खेलेका थिए । 

 

उक्त रेस्लिङको अर्को आकर्षण भगवती खड्का (युनिका) र अस्मिता सुनार (जुरेली) रहे । उनीहरू बीचको प्रतिस्पर्धा अझ बढी रोमाञ्चक थियो । उक्त रेस्लिङ प्रतियोगिता दुई दिनसम्म चलेको थियो । यसअघि पोखरामा यस्तो रेस्लिङ सन् २०११ र २०१२ मा सञ्चालन भएको थियो । 

 

मेलामा कुस्तीको रौनक

जितपुरमा आयोजित आठौं कपिलवस्तु महोत्सवअन्तर्गत कुस्ती प्रतियोगिता पनि सञ्चालन भैरहेको छ । तराईको लोकप्रिय खेल भए पनि लोपोन्मुख हुन थालेको कुस्तीले सबैको मन जित्दै आएको छ ।

मंसिर २२ देखि आयोजित उक्त महोत्सवमा दैनिकजसो एक घण्टा कुस्ती खेल हुने गरेको छ ।महोत्सवअन्तर्गत मंसिर २५ र २६ मा जिल्ला खेलकुद विकास समितिले कुस्तीको राष्ट्रिय प्रतियोगिताका लागि खेलाडीसमेत छनौट गरेको छ । उक्त पश्चिमाञ्चल स्तरीय छनौट प्रतियोगितामा नवलपरासीका ४, रूपन्देहीका २ तथा कपिलवस्तुका एक गरी ७ जना खेलाडी छनौट भएका छन् । यसरी छनौट भएका खेलाडीहरू पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको कुस्ती प्रतिस्पर्धामा सहभागी हुनेछन् । 

प्रकाशित :पुस ३, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्