भोको घर
पुस १, २०७३
सुन्धारा, काठमाडौं मलको पाँचौं तल्लामा अवस्थित नाटकघर थिएटर मलमा आज शुक्रबारदेखि नाटक ‘भोको घर’ मञ्चन हुँदैछ । गोविन्दबहादुर मल्ल ‘गोठाले’द्वारा लिखित उक्त नाटकलाई केदार श्रेष्ठले परिकल्पना एवं निर्देशन गरेका हुन् । नाटक ‘भोको घर’ पुस २३ गतेसम्म बुधबारबाहेक हरेक साँझ ५ बजे र शनिबार दिउँसो साढे एक बजे मञ्चन हुनेछ । नाटक ‘भोको घर’ मा आकाश मगर, शान्ति गिरी, सुदाम सिके, सञ्जिता सञ्जी तथा अभय बरालले अभिनय गर्दैछन् ।
प्रकाशित :पुस १, २०७३















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्