Teej banner

'बादलभित्र जून' सार्वजनिक

- साप्ताहिक संवाददाता

मंसिर २९, २०७३

 

काठमाडौं । वरिष्ठ सङ्गीतकार राजु सिंहको संङ्गीत, गीतकार धनवीर थापाको शब्द र दीपक लिम्बुको स्वर रहेको गीत ‘बादलभित्र जून लुकेको बेला’ भिडियो सार्वजनिक भएको छ । भिडियोलाई युट्यूव मार्फत सार्वजनिक गरिएको हो ।

धुलिखेलका विभिन्न रमणिय दृष्य समावेश गरिएको यो म्युजिक भिडियोमा नायिका सारिका घिमिरे र मोडल दिनेश केसीले अन स्क्रिन रोमान्स गरेका छन् । सञ्जय पाण्डेको निर्देशन रहेको यो गीतको भिडियोलाई राजेन्द्र पाण्डे र नवराज उप्रेतीले छायाँकन, तथा सम्पादन राजेन्द्र पाण्डेले गरेका छन् । बरिष्ठ गीतकार वसन्त वित्यासी थापाको प्रस्तुती रहेको यो म्युजिक भिडियोलाई वेष्ट टोन म्युजिकले बजार ब्यवस्थापन गरेको छ ।

 

भिडियो

 

प्रकाशित :मंसिर २९, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्