ड्रामा पपुलर छ थिएटर छैन

- किशोर नेपाल

मंसिर २७, २०७३-  

नाटक विधामा सिर्जना बलियो पर्सन्यालिटी मान्छिन् दिया मास्केलाई । दियामा निर्देशन र अभिनय दुवैको राम्रो ज्ञान छ । सिर्जना अभिनयको एग्रेसिभ मोडमा जान चाहन्छिन् । उनलाई नाटकमा नयाँ प्रयोग मन लाग्छ । चाहनाहरू धेरै छन् । शेक्सपियरको ह्याम्लेटको नारी पात्रलाई रंगमञ्चमा उतार्ने चाहना । तर, सबै चाहनाहरूले त्यसबेलासम्म निर्गम पाउँदैनन्, जबसम्म कलाकार आर्थिक रूपले सबल हुँदैन । जबसम्म थिएटरले व्यवसायिक हैसियत बनाउँदैन ।

 

नै प्रोड्युसर आएर तिमीले चाहेजस्तो सिनेमा बनाउ भनेर अफर गर्‍यो भने कस्तो सिनेमा बनाउँछ्यौ ?’ ‘ओहो, म त लभ स्टोरी बनाउँछु । ह्याप्पी इन्डिङ । बरु त्यस्तो प्रोड्युसर कहाँ पाउनु ?’ सिर्जना खुसी हुन्छिन् । उनीसँग ड्रामाको एउटा थिम छ । उनी त्यसलाई डेभलप गर्दैछिन् । कथा नै यस्तो छ, त्यसलाई सिनेमा बनाए पनि हुन्छ र नाटक खेले पनि हुन्छ ।


सिर्जना अधिकारीले ड्रामा खेल्न थालेको एक दशक भैसक्यो । यो १० वर्षको समयमा उनले २० वटा नाटकमा अभिनय गरिसकिन् । निर्देशक राजन खतिवडाको ‘प्रयोगशाला’ र अनुप बरालको ‘मलामी’ उनले अभिनय गरेका यी २० नाटक मध्ये महत्वपूर्ण नाटक हुन् ।


अहिले मण्डला थिएटरको कोर टिमकी सदस्य सिर्जना निर्देशक अनुप बरालकी चेली हुन् । नाटकमा उनले आफ्नो करियर सुरु गरेकी थिइन् डबली थिएटरबाट । नेपालमा थिएटरको भविष्य अनिश्चित छ । ड्रामा पपुलर छ । मानिसहरूको रुचि बढ्दैछ ड्रामामा । तर, थिएटरहरू छैनन् । अहिले त झन् अभाव फिल भैरहेको छ थिएटरको ।


सिर्जनालाई रमाइलो लाग्छ निर्देशन गर्दा । उनले भर्खरै एउटा नाटकको निर्देशन गरिन्, ‘मिल्क टी ।’ कथामा खासै नवीन तत्व नभए पनि नाटक रमाइलो छ । यो नाटकमा निर्जीव र तरल मुख्य पात्रको भूमिकामा ‘चिया’ छ, चिया अर्थात मिल्क टी । नायिका सिर्जना आफैं छिन् चिया बनाउन खप्पिस । उनी एक्लै बसेकी छिन् । उनलाई आफ्नो जीवन यसरी नै बिताउन मन लाग्छ । उनीसँग पैसा छ । आर्थिक सम्बन्ध राख्न चाहने नातागोता पनि धेरै छन् । उनलाई सल्लाह दिनेहरूको पनि कमी छैन । सल्लाह त्यही हो— विवाह गर । उनी भने एक जना विवाहित अधबैंसेको प्यारमा फसेकी छिन् । उनको शारीरिक आवश्यकता उसैले पूरा गर्छ ।


एक दिन यस्तो हुन्छ कि मुख्य पात्रले आफ्नो प्रेमीलाई भन्छिन्, म आमा बन्न चाहन्छु । प्रेमी आत्तिन्छ । ऊ कुनै पनि प्रकारको नयाँ दायित्व लिन चाहँदैन । केही अघिसम्म म्याचुअर्ड र रेस्पोन्सिवल लाग्ने मानिस अनायास आत्तिन्छ । उसलाई आफ्नी धनी श्रीमतीको चिन्ता छ । उनीसँग लोग्नेका रूपमा कुनै प्रकारको शारीरिक सम्बन्ध नभए पनि रेस्पोन्सिविलिटी छ त्यहाँ । उनको गर्भबाट जन्मिएकी छोरीसँग उसको गहिरो स्नेह छ । 


मिल्क टीमा आठ जना पात्र छन् । नाटक तिनै पात्रका बीच घुम्छ । नाटक विधामा सिर्जना बलियो पर्सन्यालिटी मान्छिन् दिया मास्केलाई । दियामा निर्देशन र अभिनय दुवैको राम्रो ज्ञान छ । 
सिर्जना अभिनयको एग्रेसिभ मोडमा जान चाहन्छिन् । उनलाई नाटकमा नयाँ प्रयोग मन लाग्छ । चाहनाहरू धेरै छन् । शेक्सपियरको ह्याम्लेटको नारी पात्रलाई रंगमञ्चमा उतार्ने चाहना । तर, सबै चाहनाहरूले त्यसबेलासम्म निर्गम पाउँदैनन्, जबसम्म कलाकार आर्थिक रूपले सबल हुँदैन । जबसम्म थिएटरले व्यवसायिक हैसियत बनाउँदैन ।

 

थिएटर व्यवसायिक नभएसम्म रंगमञ्च रंगबिनाको मञ्चमात्र हुन्छ । कलाकारहरू जसोतसो बाँचेर नाटकको विकास हुन्छ भन्ने कसैले सोचेको छ भने त्यो गलत हो । रंगमञ्चका कलाकारहरू शारीरिक रूपमा पनि ‘फिट’ हुनुपर्छ । उनीहरूको अनुहारमा सामान्य मानिसको भन्दा अलिकति बढी ग्लो हुनै पर्छ । यी केही कतै नलेखिएका, तर आधुनिक समयको माग ।


सिर्जनाले केही छानिएका सिनेमामा अभिनय गरेकी छिन् । त्यान्द्रो, रेड मनसुन, गैंडा उनले अभिनय गरेका चलचित्र हुन् । सिर्जनाको सिनेमा चाख बढ्दै गएको छ । नाटक र सिनेमा एकअर्काका पूरक हुन् भन्ने सत्य उनले बुझ्न थालेकी छिन् । थिएटर र सिनेमा दुवै मनोरन्जनका लागि पनि हुन् । थिएटर कलाका लागि मात्र वा सिनेमा मनोरञ्जनका लागि मात्र भन्ने त्यस्तो कुनै नियम छैन । अभिनय कला हो । त्यो सिनेमाको आकारमा होस् अथवा ड्रामाको आकारमा । 


सिर्जना अर्जेन्टिना पुगेकी छिन् ड्रामाको वर्कसपका लागि । त्यसबाहेक उनी अन्त कतै पुगेकी छैनन् । नेपालभित्र पनि उनले धेरै कम घुम्ने अवसर पाएकी छिन् । उनी किताब पढ छिन् । नयनराज पाण्डेको लू र बुद्धिसागरको कर्णाली ब्लूज पढ्दा उनलाई रमाइलो लागेको थियो । वानिरा गिरीको कारागारको उनी ठूलो प्रशंसक हुन । ‘सखाराम वाइन्डर’ सिर्जनालाई यो नाटक पढ्न मन लागेको छ, तर फेला पारेकी छैनन् । 


भोलिका बारेमा सोच्ने गरेकी छैनन् सिर्जनाले । उनी नाटकको संसारमा नआएकी भए ? जागिर खान्थिन होला । सिर्जना भन्छिन्, ‘नेपाली कलाकारहरू भोलिका बारेमा सोच्दैनन् । त्यसैले यस्तो भएको होला ।’

 

प्रकाशित: मंसिर २७, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्