सेलिब्रेटी म्युजिकल नाइट

- साप्ताहिक संवाददाता

मंसिर २६, २०७३

 

यसै पौष १ गते, असहाय तथा अनाथ वालवालिकाहरुको शिक्षाको सहयोगार्थ साँगीतिक कार्यक्रमको आयोजना गरिदैछ । 'सेलिब्रेटी म्युजिकल नाइट' नाम दिईएको उक्त साँगीतिक कार्यक्रमको आयोजना जित लामाले गर्दैछन् । 

 

गीतकार कवि किशोर घिमिरेको सह-आयोजनामा हुँन लागेको यस कार्यक्रमबाट उठेको रकम धुम्बाराहीस्थित 'घर आँगन नेपाल' नामक गैह्र नाफामूलक संस्थालाई प्रदान गरिनेछ । यस सेलिब्रेटी म्युजिकल नाइटमा सुगम पोखरेल, विजय लामा, प्रमोद निर्वाण (म्युजिक लिंक), हेमन्त राना, प्रेम लामा, विश्व नेपाली, मिङ्स लामा, डिजे जेनी लगायतको उपस्थिीति रहनेछ ।

 

प्रकाशित :मंसिर २६, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्