सुमनले ल्याए ‘हामी साथी साथी’

- साप्ताहिक संवाददाता

मंसिर २३, २०७३- 

काठमाडौं । पेशाले सिभिल इन्जिनियर रहेका सुमन श्रेष्ठ (संगम) पछिल्लो समय गायनमा सक्रिय छन् । हालै उनले ‘हामी साथी साथी’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

 

गोपाल दाहालको शब्द र वसन्त सापकोटाको संगीत रहेको यस गीतको भिडियो गायक सुमनले नै निर्देशन गरेका हुन् । यस भिडियोमा जुलन कालिकोटे, मणि भुजेल, पुष्कर ताम्राकार, रामनारायण साह, राजेश श्रेष्ठ, राजन खनाल, मोहन तिम्सिना, विराज खनाल, शम्भु थापा मगर, भुपेन्द्र गुरुङ, साजन राई लगायतको अभिनय रहेको छ । ज्ञानेन्द्र शर्माले खिचेको गीतको भिडियो सम्पादन टेकेन्द्र शाहले गरेका हुन्  ।

भिडियो :

 

प्रकाशित :मंसिर २३, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्