आजबाट 'बिजुली मेसिन'

- साप्ताहिक संवाददाता

मंसिर १७, २०७३

 

जलस्रोतको धनी देश भएर पनि नेपालीहरू बिजुलीको समस्याबाट लामो समयदेखि पिरोलिँदै आएका छन् । अहिले केही समयलाई राहत पाए पनि यो कहिलेसम्म हो ? भन्ने कुराले सबै त्रस्त छन् । पूर्वप्रधानमन्त्री केपी ओलीले हावाबाट बिजुली निकाल्ने कुरा गर्दा सामाजिक सञ्जालमा उनको निकै खिल्ली उडाइयो । 

आज शुक्रबारदेखि प्रदर्शन हुने ‘साई–फाई’ चलचित्र ‘बिजुली मेसिन’ को विषयवस्तु पनि त्यस्तै छ । विज्ञान विषयमा अनुसन्धान गर्ने केही युवाले आवाजबाट बिजुली निकाल्न सकिने बताउँदा समाजमा उनीहरूको खिल्ली उडाइन्छ । 

अन्तत: उनीहरूले उक्त प्रयोगमा आफूलाई सफल बनाएपछि त्यही समाजले उनीहरूको प्रशंसा गर्न थाल्छ । नवीन अवालको लेखन तथा निर्देशन रहेको यो चलचित्र साइन्स फिक्सनमा आधारित चलचित्र हो । यसमा राजेश हमाल पनि एउटा विशेष भूमिकामा छन् भने अधिकांश कलाकार नयाँ छन् । चलचित्रलाई हरि हुमागाईंले खिचेका हुन् । 

निर्देशक : नवीन अवाल

संगीत : रोहित शाक्य

कलाकार : अभिषेक सुवेदी, जीवन अधिकारी, बुद्धि तामाङ, राजेश हमाल आदि । 

 

बिजुली मेसिनको अफिसियल ट्रेलर

प्रकाशित :मंसिर १७, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्