एक–अर्काको साथ
मंसिर १६, २०७३
‘पशुपतिप्रसाद’ सुपरहिट भयो, क्रेडिट जति लगे खगेन्द्र लामिछाने, विपिन कार्की तथा निर्देशक दिपेन्द्र के खनालले । चलचित्रकी नायिका वर्षा शिवाकोटीले छोटो भूमिकामा पनि राम्रो अभिनय गरिन् र पनि उनले ‘पशुपतिप्रसाद’को जस भने पाइनन् । ‘होस्टल रिटन्र्स’ले पनि राम्रो कलेक्सन गर्यो ।
उक्त चलचित्रको जस ह्यान्डसम भए पनि नायक सुशील श्रेष्ठभन्दा सहनायक नाजिर हुसैनको पोल्टामा पर्यो । अब यी दुई जोडी अर्थात् सुशील र वर्षा एकसाथ ‘कारखाना’मा प्रस्तुत हुँदैछन् । प्राप्त जानकारीअनुसार ‘कारखाना’मा सुशील र वर्षाको भूमिका दमदार छ । वर्षाले ‘कारखाना’बाट निकै आशा गरेकी छिन् भने सुशील पनि यो चलचित्रप्रति आशावादी छन् । अब यी दुईको भाग्यको निर्धारण ‘कारखाना’ले नै गर्नेछ ।
प्रकाशित :मंसिर १६, २०७३
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्