गाएरै जीवनयापन भएको छ

- साप्ताहिक संवाददाता

मंसिर ११, २०७३-  

जीवन कलाप्रेमी, (रेस्टुराँ गायक) गायक जीवन कलाप्रेमी दरबार मार्गस्थित मधुशाला गजल रेस्टुराँमा गीत–गजल गाउँछन् । हरेक साँझ उनका गीत सुन्दै खानपिनको मज्जा लिन ग्राहकहरू मधुशाला पुग्छन् । मधुशाला चर्चित गायक उदय सोताङले सञ्चालनमा ल्याएको रेस्टुराँ हो ।                             कति वर्ष भयो मधुशालामा गाउन थालेको ?               यसको स्थापनादेखि नै हो । चार वर्ष भयो । 

पहिले कहाँ गाउनुहुन्थ्यो ?
एभरेस्ट क्यासिनोमा गाउँथे । त्यसपछि केही अन्य रेस्टुराँमा पनि गाएँ । मधुशालामा आएपछि यतै छु । 

 

यसरी गाउँदा कत्तिको आत्मसन्तुष्टि मिल्छ ?
गाउनु मेरो रहर मात्र होइन, सानैदेखिको तीव्र चाहना पनि हो । मैले गाएरै जीवनयापन गरिरहेको छु । 


कत्तिको कमाउनु हुन्छ ?
काठमाडौंमा फ्ल्याट लिएर आनन्दसँग बाँच्न सकिएको छ । 


कस्ता गीत गाउनुहुन्छ ?
हिन्दी सुफी, गजल, फिल्मी तथा नेपाली गीतहरू गाउँछु । 


मधुशालामा तपाईं मात्र हुनुहुन्छ कि अरू पनि छन् ?
यदकदा उदय सोताङ तथा मलिना सोताङले पनि गाउनुहुन्छ । पाँच जनाको बाद्यवाधक टोली छ । गायिकामा मनीषा राई र टीका प्रसाईं छन् । 


गजल सुन्ने ग्राहक कस्ता हुन्छन् ? 
प्राय: परिवारका सदस्य तथा साथीभाइहरूसँग आएका हुन्छन् । कतिपय त बारम्बार आएको पनि देखेको छु । विदेश हुनेहरू २–४ वर्षपछि स्वदेश आएको बेला दोहोर्‍याएर मेरा गीत सुन्न आएको पनि पाएको छु । 

प्रकाशित :मंसिर ११, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्