लिङ्गको आकारले यौन आनन्दमा फरक पर्छ ?

- डा सुमनराज ताम्राकार

मंसिर ९, २०७३

 

जानकारीको अभावमा युवाहरूमा लिङ्गको आकार एवं लम्बाइसम्बन्धी अनावश्यक चिन्ता सिर्जना हुन्छ । त्यसो त पुरुष लिङ्गको मुख्य काम सन्तान उत्पादनका क्रममा योनिमार्गमा वीर्य राखिदिनु हो, तर यो पुरुषले यौन आनन्द प्राप्त गर्ने मुख्य अङ्ग पनि हो । यौन आनन्द लिन योनि छेदनका अतिरिक्त यसको घर्षण मात्रले पनि आनन्द महसुस हुन्छ । सामान्य समयमा नरम र सानो हुने पुरुष लिङ्गमा रहेका स्पन्ज जस्ता तन्तुहरूमा रगत थुनिएपछि लिङ्ग कडा हुन्छ । त्यसैले उत्तेजित अवस्थामा यो कडा, लामो एवं मोटो हुन्छ । 

वास्तवमा महिलाहरू पुरुष लिङ्गको आकार तथा नापका सम्बन्धमा अनभिज्ञ नै हुन्छन्, तर पनि पुरुषमा आफ्नो पार्टनरले लिङ्ग सानो भन्लिन् भन्ने आत्मगत पीर हुन्छ । त्यसो त महिलाहरू यौन सम्पर्कका बेला लिङ्गको लम्बाइ र आकारलाई खासै चासोको विषय बनाउँदैनन्, अर्थात् पर्याप्त यौनसुख दिन सके लिङ्गको नाप र आकार गौण मानिन्छ । यौनसम्बन्धी परामर्शका मद्दतले हीनताबोध हटाई आफ्नो महिला पार्टनरले यौनसम्पर्कका क्रममा कसरी बढी आनन्द पाउँछन् भन्ने बुझ्नु जरुरी छ ।

 

महिला यौन सुखका लागि योनिमार्गको भित्री तहसम्ममा नभै यौन सुखको केन्द्र भगांकुर एवं योनिमार्गको बाहिरतिरको एक तिहाई भाग (जी स्पट सहितको) प्रत्यक्ष एवं अप्रत्यक्ष घर्षण हुनु जरुरी छ । पुरुष लिङ्ग ठूलो र आकर्षक हुँदैमा बढी यौन आनन्द प्राप्त हुन्छ भन्ने होइन । सामान्य अवस्थामा योनिको लम्बाइ ४ इन्च हुन्छ र छोटो भनिने लिङ्ग पनि यौन सुख दिन पर्याप्त हुन्छ । 

विशेषत: महिलाको यौन संवेनदशील अङ्गहरूको पर्याप्त स्पर्श (घर्षण) हुनुपर्छ । भगांकुर, जी स्पटबाहेक यौनाङ्ग क्षेत्रमा रहेको ठूलो तथा सानो भगोष्ठ, स्तनको मुन्टा, अग्रभागमा रहेको मन्स भेनेरिस, नितम्ब, गर्दन, काखी, तिघ्रा, नाभी क्षेत्र यौन संवेदनशील अङ्ग हुन् ।

 

महिला यौन सुखमा यी अङ्गहरूको अधिकतम प्रयोग अधिक हुनुपर्छ । बरु पुरुष लिङ्ग साह्रै मोटो र लामो भएको खण्डमा यौन सम्पर्कका क्रममा चोट पुगेर रक्तश्राव हुनसक्छ । त्यसैगरी महिला पार्टनरमा पीडा बढी हुन्छ । यसले गर्दा यौन आनन्दमाकमी आउने तथा पछि–पछि डरका कारण यौन सम्बन्ध नै राख्न डराउने स्तिति सिर्जना हुन्छ । 

बाङ्गो लिङ्ग

उत्तेजित हुँदा मात्र लिङ्गको बाङ्गोपन देखिन्छ । केसँग तुलना गर्दा बाङ्गो?लिङ्ग स्केलजस्तो सीधा त कदापि हुँदैन । व्यक्तिपिच्छे लिङ्गको आकार पनि फरक–फरक हुन्छ । लिङ्गको बाङ्गोपन दायाँ, बायाँ तल माथि जता पनि ढल्किएको हुनसक्छ । एक हदसम्म हस्तमैथुनलाई सामान्य मान्न सकिन्छ ।

 

हस्त मैथुन र बाङ्गोपनाको कुनै सम्बन्ध हुँदैन, बरु हस्तमैथुनले लिङ्गको मोटोपन एवं लम्बाइ बढाउन सहयोग गर्छ । थोरै बाङ्गोपनाले भगांकुर एवं योनिमार्गको अगाडिपट्टिको अति संवेदनशील क्षेत्रमा घर्षण गर्दा थप सन्तुष्टि प्रदान गर्छ । यसबाट महिला पार्टनरले चरम सुख प्राप्त गर्न सक्छन्, अर्थात् महिलाको यौनसुखमा फाइदै पुग्छ । 

गम्भीर प्रकृतिको बाङ्गोपन नभएसम्म त्यसलाई सच्याउने उपचारको खासै आवश्यकता हुँदैन । आकार र बनोटभन्दा पाकक्रीडा संवेदनशील यौनाङ्गको स्पर्श, मायालु वातावरण तथा हल्का यौनिक छेडखानी आदिले अधिक सन्तुष्टि प्राप्त हुन्छ भन्ने कुराको हेक्का हुनु जरुरी छ ।

प्रकाशित :मंसिर ९, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्