जाडो भगाउने अचुक मन्त्र के होला ?

- साप्ताहिक संवाददाता

मंसिर ६, २०७३

 

न्यानो ऊनीको स्वीटर लगाएर ट्विटर चलाउने । नाथे जाडो त्यसै भाग्छ । 

जिज्ञासु

न्याना कपडा लगाउने, जसले आफूलाई जाडो महसुस नगराओस् । 

कविराम मगर

मन्त्र त थाहा भएन, उपायचाहिं न्याना लुगा लगाउने हो । 

कोपिला चन्द

टिल्ल हुने गरी रक्सी पिउनुपर्छ, सगरमाथाको टुप्पोमा पनि जाडो हुँदैन ।

सीधा कुरा 

खाटबाट नउठी सिरक ओढेर सुत्नु ।

सुरज दाहाल

तातो पानीमा डुबुल्की मार्नु ।

एल गहतराज

तातो कफी पिउनुपर्छ । 

पान्डा

 

सिरक दुइटा कि त सिरकभित्र दुइटा, अचुक मन्त्र यही हो । 

सन्ज स्टार

जाडो भगाउने मन्त्र— घाम ताप्ने गर, तातो पानीले मुख धोऊ, बाक्ला कपडा लगाऊ ।

सपना अधुरो

 

दारुसँग भारु बालेर आगो ताप्दा पक्कै जाडो भाग्छ ।

डिल्ली पाण्डे

 

मंसिर आउँदै छ । बालाई केटी खोज्देऊ भनेर बिहे गर्नुपर्ला नि †

सन्जीव बराल

 

चैत–वैशाख कुर्ने ।

गणेश खनाल

 

रुई, फुई वा दुईमध्ये एउटा ।

सञ्जय क्षेत्री

 

ज्याकेट लगाउने ।

अन्जु श्रेष्ठ

 

चिरिप्प हुने गरी भित्री कोट लगाउँदा बेस होला ।

प्रसन थापा

 

सिरक वा रक्सी, दुईमध्ये एउटा छान्नुस् ।

गोलय उत्सर्ग

 

सेन्तेरेम पिउनुस् ।

राज भण्डारी

 

थाहा भएको भए त आफैं प्रयोग गर्थें नि ।

किसन क्षेत्री

 

तातो चिया वा कफी, न्यानो कपडा वा विवाह । यीमध्ये जे प्रयोग गरे पनि हुन्छ ।

सुदीप

 

सोलमारीमा झ्याप हुने हो त्यसपछि जाडो आफैं भाग्छ ।

सुमन

 

यही मंसिरमै विवाह गर्नुपर्छ ।

दिनेश दाहाल

 

त्यस्तो मन्त्र थाहा भएको भए मैले १० हजारको यो डाउन ज्याकेट लगाउनै पर्दैनथ्यो ।

लाल किराँती

 

तोङ्बा तान्ने ।

प्रकाश 

 

नियमित रूपमा खसीको खुट्टाको झोल खानुस् ।

दिपक धमला

विवाह गर्नुपर्छ हौ ।

राधे मोक्तान

 

सिरक दुइटा अथवा सिरकभित्र दुइटा ।

राइजिङ सन्ज

 

सोमरस चिरिप्प पारेपछि सक्किगो नि †

सूर्य गिरी

 

न्याना लुगा लगाउने ।

रेन्नी मनसुन

 

तरल पदार्थ पिउनुपर्छ अनि नियमित वर्क आउट गर्नुपर्छ ।

पृथ्वीराज गौतम

 

ब्ल्यांकेट ओढ्ने ।

रबिन थापा

 

आगो ताप्ने ।

कमल कुँवर

 

टन्न अमृत पिउने, जाडो आफैं भाग्छ । 

धु्रवप्रसाद सापकोटा

 

ग्राउन्ड एप्पलको तीनपाने अग्र्यानिक रक्सी पिउने ।

विकास गिरी सर्वहारा

 

जाडो भगाउँछ— रुई, फुई र दुईले ।

विष्ट एलबी

 

रुई, फुई, दुई वा कोदाको उही ।

विमल पौडेल

 

जाडो नहुने गरी लुगा लगाउने ।

अशोक केसी

 

भो भन्दिनँ, लाज लाग्छ ।

अमन गैरे

 

तात्तातो तरकारी खाने ।

अर्जुन बास्तोला

 

गतिलो सिरक ओढ्ने ।

पशुपति बस्नेत

 

बिहे गर्दा जाडो भाग्छ रे त ।

संयोग ठकुरी

 

आगो ताप्नुपर्छ ।

ब्रिज चौधरी

 

कि रुई कि फुई, कि उही कि दुइ ।

पूर्ण खड्का

 

अर्को न्यानो मौसम कुर्ने । 

सुरज श्रेष्ठ

 

काम गरिरहने, तातो पेयपदार्थ पिउने । 

अर्जुनकुमार गुरुङ

तीनपाने वा छ्याङ 

 

नै यसको विकल्प हो ।

सिजन लामा, रबिन श्रेष्ठ

प्रकाशित :मंसिर ६, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्