इनास एवार्डमा क्लासिकको बर्चश्व (फोटो फिचर)

- साप्ताहिक संवाददाता

कार्तिक २९, २०७३

अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) ले भारतको सिक्किममा आयोजना गरेको फिल्म एवार्डमा चलचित्र क्लासिकले सर्वाधिक विधामा पुरस्कृत हुन सफल भएको छ । उक्त एवार्डमा चलचित्र क्लासिकले उत्कृष्ठ अभिनेतामा आर्यन सिग्देल, अभिनेत्रीमा नम्रता श्रेष्ठ, चलचित्र सम्पादनमा सुरेन्द्र पौडेल, उत्कृष्ठ गीतकारमा डा. कृष्णहरि बराल र गायकमा युवराज चौलागाईंले अवार्ड पाएका थिए । यो वाहेक चलचित्रका निर्देशक दिनेश राउतले उत्कृष्ठ जुरीको एवार्ड समेत हात पारेका थिए । 

चौथो संस्करणको इनास एवार्डमा चलचित्र पशुपति प्रसादले उत्कृष्ठ निर्देशनमा दिपेन्द्र के खनाल, उत्कृष्ठ पटकथामा खगेन्द्र लामिछाने र उत्कृष्ठ खलपात्रमा विपीन कार्कीले एवार्ड हात पारेका थिए । 

इनास एवार्डमा गीत संगीत तर्फभने वडा नम्बर ६ उत्कृष्ठ ठहरियो । यो चलचित्रका संगितकार राजनराज सिवाकोटीले पपुलर एवार्ड, शंकर बिसीले उत्कृष्ठ नृत्य निर्देशक र अञ्जु पन्तले उत्कृष्ठ गायिकाको एवार्ड पाए भने प्रेमगितका संगितकार अर्जुन पोखरेल उत्कृष्ठ संगितकार ठहरिए । 

१९ वटा विभिन्न विधामा प्रदान गरिएको उक्त एवार्ड समारोहमा बलिउड र नेपाली चलचित्रमा अभिनय र गायन गरेका डेनी डेनजोक्पालाई लाइफटाइम एवार्ड प्रदान गरिएको थियो । स्वास्थ रामे नभएको कारण उनी उपस्थित हुन सकेनन् । 

नवअभिनेताको एवार्ड होस्टेल रिटर्नस्वाट सुशील सिटौला र ड्रिम्सवाट राम्राज्ञी राज्यलक्ष्मी शाहले हात पारिन् भने सहअभिनेताको एवार्ड होस्टेल रिटर्नस्वाट नाजिर हुसेन र सहअभिनेत्रीको एवार्ड सुर्यमाला खनालले चलचित्र सुन्तलीवाट हात पारेकी थिईन् । 

 

प्रकाशित :कार्तिक २९, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्