खडानन्द रेस्टुराँमा वेटर

- जीवन भट्टरार्इ

कार्तिक २७, २०७३-  

खडानन्द एउटा रेस्टुराँमा वेटरको काम गर्न थाले । एक दिन एउटा ग्राहकसँग उनको घमासान झगडा पर्‍यो । ग्राहक गैसकेपछि । 


मालिक : त्यो मान्छे हाम्रो सबैभन्दा राम्रो ग्राहक थियो, किन झगडा गरेको त्यसरी ? मसँग उसको नम्बर छ, खुरुक्क माफी माग ऊसँग .. ।


एकछिन् पछि : खडानन्द (फोनमा) : हेल्लो, शर्माजी हो ? (उताबाट) हो त, खडानन्द : मैले तपाईंलाई नरकमा जाऊ भने नि ? (उताबाट) हो त, फेरि के भयो ?.भन्ने बेलामा आँखा देख्दैन अनि... । 
खडानन्द : नरिसाउनुस् न, सरी, अब तपाईं नरकमा नजानुहोला... । 

 

 खडानन्द बाटोको छेउमा उभिएर साँचोले कान कोट्याउँदै थिए । बाटो हिंडिरहेको अर्को मान्छेले देख्यो । 


बटुवा (खडानन्दको छेउमा आएर) : दाइ, तपाईंलाई स्टार्ट हुन गाह्रो भयो भने म धक्का लगाइदिउँ . ??? 

 

खडानन्द (ड्राइभरसँग) : हौ भाइ, त्यो अगाडिको टडक (ट्रक) को पछाडि के लेख्या छ हँ ? 
ड्राइभर : कृपया हर्न दिनुहोला । 
खडानन्द : मुर्खै रै’छ गधा, उसलाई हरन दिएपछि हामीले चाहिँ के बजाउनु नि... । 

 

खडानन्दले आफ्नो सानो छोरा र पत्नीलाई सहर घुमाउन लिएर गए । कन्जुस खडानन्द गाडीमा पैसा तिर्नुपर्छ भनेर पैदलै घुम्दै थिए । छोरा खुट्टा गल्यो भनेर रुन थाल्यो । परबाट एउटा बस आउँदै थियो । खडानन्दले हात उठाए । बस घ्याच्छ रोकियो । 


खलासी : कहाँ जाने अँकल ? 
खडानन्द : कहीँ पनि जाने होइन बाबू, यो नानीले रोएर साह्रै हैरान पार्‍यो कि, त्यो तिम्रो केजाति हरन ट्याँ–ट्याँ पारेर बजाइदेऊ न... लौ न बाबू... । 

 

खडानन्द र छिमेकी । 
खडानन्द : बुझ्यौ भाइ, २५ वर्षसम्म मेरो बच्चा भएन । 
छिमेकी : ओहो हो र ? २५ वर्षसम्म नभा’को ? अनि के गर्नुभो त दाइ ? 
खडानन्द : अनि म २६ वर्षको भएपछि बाउले मेरो बिहे गरिदिए, त्यसको १ वर्षपछि म २७ वर्षको हुँदा बच्चा भयो... । 


खडानन्द ससुराली गएका थिए । ७ दिनसम्म सासूले बिहान बेलुकै रायोको साग पकाएर ख्वाइन् । आठौं दिन सासूले भनिन् : आज के तरकारी खाने त ज्वाइँ सा’ब ? 
खडानन्द : हैन आमा, मलाई बारी मात्र देखाइदिनुस न, म आफैं चरेर आउँछु...। 

 

खडानन्द बिरामी भएर अस्पताल गए । चेकअपका लागि बेडमा पल्टिसकेपछि : महिला डाक्टर : लामो सास तान्नुस् त । (खडानन्दले लामो सास लिए )
महिला डाक्टर : के महसुस गर्नुभो ?


खडानन्द : कुन पफ्र्युम लगाउनुभा’को डाग्डरनी सा’प ? बास्ना त खुब मीठो चलेको छ नि । 

 

खडानन्द सार्वजनिक शौचालयभित्र पसे । यसो माथी हेरेको भित्रपट्टीको भित्तामा लेखिएको रै’छ : ‘मान्छे चन्द्रमामा पुगिसके, तँ यहीं बसिराखेको छस् ?’ खडानन्द पनि के कम ? त्यसकै मुन्तिर लेखिदिए : ‘चन्द्रमामा पानी थिएन गधा, त्यही भएर यहाँ आएको, धोएर फेरि त्यहीँ जाने हो । 

खडानन्दलाई के भयो भयो, एक्कासि घाँटी दुख्न थाल्यो, खसखसाउन थाल्यो, खपिनसक्नु भएपछि उनी रातको ३ बजे नै उठेर डाक्टरको घरमा गए । 
खडानन्द (सानो स्वरमा) : डाग्डर सा’प घरमा हुनुहुन्छ ? 
डाक्टर पत्नी (अझ सानो स्वरमा) : डाक्टर साप घरमा हुनुहुन्न, आउनु न भित्रै...।

 

खडानन्द : यो टिभीको कति हो भाइ ?
पसले : यसको ४९,८५५।–
खडानन्द : आम्मामा ! यस्तो महँगो ? यो टिभी त्यस्तो खास विशेषताचाहिँ के छ नि ?
पसले : यसको खास विशेषता भनेको चाहिँ बत्तीको लाइन गएपछि अटोमेटिकल्ली यो आफैं बन्द हुने हो ।
खडानन्द : ल ठीक छ, त्यसो भए प्याक गर्दिनुस् ...।

पत्नी : तिम्लाई खालि अफिसको चिन्ता हुन्छ खडु ! घरको त केही वास्तै छैन ।
खडानन्द : किन ? के भो र ?
पत्नी : मलाई लाग्दैछ, हाम्री छोरीको चाला निको छैन, 
खडानन्द : कसरी ?
पत्नी : डेढ महिनाभन्दा अलि बढी नै भो होला, यसले मोबाइल रिचार्ज गर्न पैसा मागेकी छैन...!!

 

अपरिचित नम्बरबाट खडानन्दलाई फोन आयो ।
महिला : हेल्लो, को बोल्नुभा’को ?
खडानन्द : म खडानन्द, किन र ?
महिला : तपाईं विवाहित हो ?
खडानन्द : हैन त, किन र ?
महिला : म तिम्री पत्नी बोल्दैछु ...भरे घर मात्र आइपुगूँ न, जान्या छु मैले ...!!

प्रकाशित :कार्तिक २७, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्