खुल्यो सौराहामा गजल रेष्टुराँ

- विमल खतिवडा

कार्तिक २६, २०७३- 

अहिले चितवनको सौराहामा पर्यटकीय सिजन छ । त्यसमा पनि सौराहा आन्तरिक पर्यटकले खचाखच छ भने बाह्य पर्यटकको संख्या पनि बढ्दै गएको छ । दिनभर पर्यटकीय गन्तव्य पुग्नेहरू साँझ बास बस्न होटल फर्कन्छन् ।

 

घुमफिरले थकित भएका बेला जो–कोही गीत–संगीतको मज्जा लिन चाहन्छन्, आफ्नो रोजाइका गीत सुनेर थकान मेट्न खोज्छन् । यो सम्भव छ ? यसको सहज जवाफ दिन्छन् पर्यटन व्यवसायी एवं गायक विनोद लोप्चन । 

 

विनोद र सुजन भट्ट मिलेर सौराहामा बलेसी रेस्टुरेन्ट सञ्चालनमा ल्याएका छन् । यो रेस्टुराँ अन्य रेस्टुराँको तुलनामा भिन्न छ । यहाँ आउनेहरूले पारिवारिक वातावरणमा गीत संगीतको मज्जा लिन पाउँछन् ।

 

साताको तीन दिन सांगीतिक कार्यक्रम गर्दै पाहुनालाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले बलेसी रेस्टुराँ सञ्चालनमा आएको हो । यो रेस्टुराँमा आन्तरिक तथा बाह्य पाहुनाहरू स्थानीय कलाकारको उपस्थितिमा आफूले चाहेको गीत–संगीतमा रमाउन पाउनेछन् । 

 

स्टेज अघि नाच्ने दर्शकको भीड थियो । घरी दोहोरी, घरी आधुनिक त घरी हिन्दी गीत गाउँदा दर्शकले यहाँ अपेक्षाभन्दा बढी रमाइलो गर्ने अवसर पाउँछन् । रेस्टुराँ सञ्चालक लोप्चनका अनुसार पाहुनाकै मागअनुसार यस्तो रेस्टुराँ सञ्चालनमा आएको हो । यो रेस्टुराँमा अघिपछि स्थानीय कलाकारले मनोरञ्जन प्रदान गर्नेछन् भने विशेष चाड पर्वमा भने राष्ट्रिय कलाकार बोलाइने बताइएको छ । 

 

प्रकाशित :कार्तिक २६, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्