‘तरकारीवाली’ यसरी भाइरल हुनुको कारण के होला ?

- सुव्रत आचार्य

कार्तिक २६, २०७३

 

सुन्दरता सहरका क्लबमा मात्र होइन, तरकारीको भारीमा पनि खुल्छ । उनी सुन्दर छिन् र त्यसैले भाइरल बनाउनेहरूले उनको प्रसंसा गरेका हुन् । त्यसबाहेक यसमा सोच्नुपर्ने अरू कारण म देख्दिनँ । 

विशाल भण्डारी, म्युजिक भिडियो निर्देशक 

यो घटनाले हाम्रोमा राजनीति मात्र नभएर सामाजिक स्थिति पनि ‘संक्रमणकालीन अवस्थामा छ’ भन्ने देखाउँछ, किनभने त्यो तस्बिर र त्यसपछि आएका प्रतिक्रियाहरू नियाल्दा श्रम र कलाबीच ठूलो विभेद देखिन्छ ।

सोमनाथ खनाल, रंगकर्मी

मानिसहरूले ताजा तरकारी खान नपाएकाले । 

आर्यन सिग्देल, नायक

 

चियावालालाई ‘काउन्टर’ ।

रवीन्द्रसिंह बानियाँ, कलाकार/निर्माता

मैले त तरकारीवालीका तस्बिरमा कुनै विशेषता र अर्थ देखिनँ । 

रोशन प्रसाईं, विज्ञापन व्यवसायी

सामाजिक सञ्जालको बढ्दो प्रयोग र उनको सरल सुन्दरता । 

स्मृति दाहाल, मोडल

 

उनको सुन्दरता र भाग्य । 

सम्पदा बानियाँ, मोडल

बौद्धिक वर्गको बौद्धिकतामाथि प्रश्नचिह्न । 

दिनेश राउत, निर्देशक

तरकारीवालीको सादगी ।

नलिना चित्रकार, गायिका

पत्रकारहरूसँग समाचारको कमी ।

सरोज खनाल, नायक

नयाँ मिडियाको कमाल हो । संसारमा काम गर्ने धेरै छन्, तर काम गर्दा आफूले काम गरेको थाहा नपाउनेले पनि सबैको नजरमा उत्कृष्ट काम गर्न सक्छन् भन्ने हो र यो दुनियाँमा के काम गर्दा को कसरी ‘क्लिक’ हुन सक्छ भन्ने कुराको उदाहरण पनि हो ।

भूपेन्द्र खड्का, गीतकार/रेडियोकर्मी

उनले गरेको श्रम र उनको सुन्दरताको कदर गर्दै मानिसहरूले उनका तस्बिर सामाजिक सञ्जालमा सम्प्रेषण बढाएका हुन् । बिस्तारै यसले लहडको रूप लियो र अन्तर्राष्ट्रिय क्षेत्रमा समेत प्रवेश पायो । बरु अहिले उनलाई व्यापारीकरण गर्ने खतरा बढ्दै जानुचाहिँ चिन्ताजनक विषय हो । 

अविरल थापा, लेखक/समाजशास्त्री

मौलिक सुन्दरतासँग आधुनिकताको हल्का मिश्रणले उनी आकर्षक देखिएकीले । 

राजनराज शिवाकोटी, संगीतकार 

आमसञ्चारको पहुँच र मानिसहरूले सामाजिक सञ्जालमा बिताउने समयको परिणाम ।

गोरख विष्ट, फोटोग्राफर 

सुन्दर युवतीको चर्चा गर्न युवा जमातको लर्को नै लाग्छ । त्यसकै परिणाम हो । 

वर्षा बस्नेत, सञ्चारकर्मी

म ‘तरकारीवाली’ र उहाँको पेसालाई सम्मान गर्छु । जे भएको छ त्यो नराम्रो पनि होइन, तर अचम्म के छ भने कुन कुरालाई कति प्राथमिकता दिने भन्ने कुरामा ध्यान पुर्‍याउनुपर्छ । यो प्रचार तथा प्रतिक्रिया आवश्यकताभन्दा बढी भयो कि ?

अर्जुन पोखरेल, संगीतकार

भारतीय मिडियाको बेबकुफी । यो भ्युज र टिआरपी बढाउन यस्तै वाहियात समाचार सम्प्रेषण गरिरहन्छन् । यो पनि त्यसकै एउटा संस्करण हो । 

सामीप्य तिमिल्सिना, चलचित्र लेखक कुसुम श्रेष्ठको भाग्य ।

अनिल थापा, नायक

‘कुल’ बन्ने लहड ।

सुरेश पौडेल, टेलिभिजनकर्मी

राम्री ।

गौरव पहारी, नायक

तरकारीको भाउ अकासिएको अवस्थामा तरकारी किन्नुभन्दा तरकारीवालीलाई हेर्नु बेस भनेर । 

सन्दीप सापकोटा, चलचित्र सेन्सर बोर्ड सदस्य

प्रकाशित :कार्तिक २६, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्