अन्तिम संवाद

  • (लघु कथा)

- हिमाल घिमिरे

कार्तिक १९, २०७३

 

एउटा नवयुवक आफ्नी प्रेमीकासँग दोस्रो पटक भेट गर्न गयो । सुन्दर बगैँचमा त्यो नवयौवना उसैको पर्खाइमा थिई । उनीहरू शीतल छहारीमा बसे । पहिलो भेट भन्दा उनीहरु एक अर्काको नजिक बसेका थिए । तर यो भेट उत्सुकता शून्य थियो । त्यो मौन बगौचामा उनीहरू फूलका दुई थुङ्गा प्रतित हुन्थे । उनीहरू प्रेमालापमा मस्त थिए ।

मधुर पवनको घर्षणले उत्पन्न गरेको संगीतमा प्रियतमले स्वर दियो, ‘तिमीलाई मैले देखे’... तिमीलाई देख्दै देखिन । मैले त ती तिम्रा गालामा गुलाफ पो देखेँ । तिम्रा ओठमा त उषाको लाली देखेँ । अनि तिम्रो केशराशीले त मलाई अस्ताउँदो सूर्यको आभास दिईरहेको थियो ।’

प्रियसीले खुसुक्क कानैमा भनि, ‘मैले पनि त तिमीलाई देख्दा यो बुझें—तिमी एकदमै सुसम्पन्न, गुणी र विद्घान रहेछौ ।’

फेरि प्रियतमले भन्यो, ‘जब तिमीसाग म बोलेँ... तिमीसाग बातचित कहाँ भयो र ? मैल त तिम्रो आवाजमा एउटा मीठो सङ्गीत पाएँ । मेरो हृदयमा झंकृत हुने मधुर ध्वनी ।”

प्रियसीले मधुर स्वरमा जवाफ दिई, ‘मैले पनि त तिमीसँग बोल्दा यो बुझें तिमी कति खप्पिस रहेछौ सौन्दर्यताको प्रशंसा गर्न । तिम्रो बयानले मेरो सौन्दर्यता अझ चम्किलो र गाढा भएको मैले महसुस गरेकी छु ।”

प्रियतम पहिलो भेटलाई ताजा गराउादै थियो,  ‘जब तिमीलाई मैले स्पर्श गरो... मैले तिमीलाई स्पर्शनै पो कहाा गर्न पाएा र ? मैले त त्यो अनौठो संचारको अनुभूति गरो । मेरा अङ्ग–अङ्ग जलिरहेका थिए ।’

प्रियसीले पहिलो मिलनलाई सम्झेर भनि, ‘मैले पनि त तिम्रो सामिप्यतामा प्रेमको उत्कर्षता अनुभव   गरेँ । यस कुरामा खुसी छु कि मैले यस्तो अनुभव जीवनमा तिमीबाटै पाएँ ।    

प्रियतमले लामो श्वास छोडेर भन्यो, ‘मलाई अफसोच छ... अब शायद आउने भेटहरूले यस्तो वासन्ती, सुवासित, र हृदयस्पर्शी अनुभूति दिन सक्दैनन् ।” प्रियसीले पनि दु:खीत् हुादै भनि, ‘हो मलाई पछुतो भईरहेछस हामी पहिलो भेटमै त्यति नजिक नहुनु पर्ने थियो ।’

प्रियतमले भन्यो,  ‘अब हाम्रो मिलनको औचित्य के ? कसैले दोस्रो अनारमा पनि उस्तै रसिलो स्वाद पाउाछ र ।’

प्रियसीले भनि, ‘हो हामी छुट्नु नै राम्रो हुनेछ ।’

उनीहरूको दोस्रो भेटनै अन्तिम भेट भयो ।

 

प्रकाशित :कार्तिक १९, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्