डेटिङ पनि साह्रै महँगो

- जीवन भट्टराई

कार्तिक १८, २०७३-  

खडानन्द (साथीसँग) : खै के गर्नु गर्नु यार !

साथी : के भयो र ? 
खडानन्द : मेरी पत्नी, मेरै घरमा काम गर्ने मान्छेसँग फिलिम हेर्न गएको देखें यार आज ।
साथी : अनि किन उनीहरूको पछि नलाग्या त ? 
खडानन्द : के गर्नु यार पछि लागेर, त्यो फिलिम मैले पहिले नै हेरिसक्या थिएँ, नि त..............!!

खडानन्द पत्नी : आज कतै लङ ड्राइभमा जाउँm न खडु 
खडानन्द : होस्, पर्दैन ।
पत्नी : ड्राइभ म गर्छु नि त, 
खडानन्द : ए लु थाहा भैगो नि त, जाँदा कारमा, आउँदा अखबारमा .............. ।

 

खडानन्द यसो झकाएका थिए । लामखुट्टेले टोक्न थाल्यो, उठेर लामखुट्टे मार्न खोज्या, एउटा पनि लामखुट्टे मार्न सकेनन् । त्यसो गर्दागर्दै उज्यालो भयो । 


(बिहान) 
पत्नी : हैन, आँखा त रातो–रातो देख्छु त, रातभरि सुतेनौ तिमी ? 
खडानन्द : लामखुट्टेले टोकेर हैरान पार्‍यो र लामखुट्टे मार्छु भनेर लाग्या, रातभरिमा एउटा पनि मार्न सकिनँ, तर ठीकै छ, लामखुट्टेलाई पनि त सुत्न दिइन मैले............††

 

खडानन्द (पत्नीसँग) : मेरो फोन आयो भने म घरमा छैन भन्देऊ है । 
(त्यतिबेलै फोनको घन्टी बज्यो)
फोनमा कुरा गर्दै पत्नी : उनी अहिले घरमै छन् । 
(फोन राखिसकेपछि ) 
खडानन्द (रिसाउँदै) : झन्, तिमिलाई म घरमा छैन भन्देऊ भन्या हैन ? 
पत्नी : तिमीलाई आएको हो र त्यो ? मलाई आएको कल थियो त्यो ...............!!

 

द्वन्द्वकालमा 
प्रहरी (खडानन्दसँग) : हामीले तपाईंको घरको खानतलासी गर्नु छ, तपाईंको घरमा बिस्फोटक पदार्थ छ भन्ने आशंका छ । 
खडानन्द : विस्फोटक पदार्थ त थिइन् हजुर, तर अहिले तिहारका लागि माइत पो गएकी छिन् त । आउँछिन् होला अब दुई–चार दिनपछि ..............!!


एउटा कोठामा निम्न पाँच जना साथी बस्थे, 
१. पागल, २. दिमाग, ३. बेबकुफ, ४. कोही छैन, ५. कसैले
एक दिन कोही छैनले कसैलाई मार्दियो, त्यतिबेला दिमाग बेडरुममा थियो । पागलले पुलिसलाई फोन गर्‍यो । 
पागल : हेल्लो सा’ब, कोही छैनले कसैलाई मार्दियो । 
पुलिस : ओए, के तँ पागल हो ??
पागल : हजुर सा’ब, म पागल हो । 
पुलिस : तँसँग दिमाग छैन ??
पागल : हजुर † दिमाग त आफ्नो बेडरुममा छ । 
पुलिस : ओ बेवकुफ †
पागल : होइन साहेब, म त पागल हो । बेवकुफ त यो जोक्स पढ्दैछ । 

 

एउटी केटी खडानन्दको पसलमा आई र भनी : अंकल, एउटा कालो चिम दिनु न ।
खडानन्द : ए नानी, कालो चिम के गछ्र्यौ ??
केटी : अंकल, दिउँसै कोठा अँध्यारो बनाएर सुत्नुको मज्जा नै बेग्लै । 

 

खडानन्द बिहान–बिहान उठ्ने बेलामा आफ्नी श्रीमती माथि पानी खन्याइदिँदो रहेछ । 
श्रीमती (रिसाउँदै) : होइन, तपाईंलाई के भएको हो ? किन जहिले पनि म माथि पानी खन्याउनुहुन्छ ? मलाई त दिक्कै लागिसक्यो ।
खडानन्द : तिम्रो बाबाले मलाई मेरी छोरी फूलजस्ती छे, उसलाई कहिल्यै ओइलिन नदिनु 
भन्नुभा’थ्यो, त्यही भएर 
ओइलिन्छौं कि भनेर पानी खन्याको †


खडानन्द : उफ्... यो गर्मीले पनि मासेरै छोड्ने भो । 
पत्नी : धन्दा नमान खडु, आज तिम्रा लागि मैले स्पेसल चिज पकाएकी छु । त्यो खानेबित्तिकै गर्मी गायब... । 
खडानन्द : ओहो † हो र ?... के बनायौ त्यस्तो ? 
पत्नी : नवरत्न ठण्डा–ठण्डा तेलमा तारेको पकौडा... ।

 

खडानन्दको फेसबुक स्टाटस : टेन्सन फ्री, धेरै पछि यो मन चरी जस्तै स्वतन्त्र बनेर आकाशमा उड्दै... ।
पत्नी (त्यसमाथि कमेन्ट लेख्दै) : अँ, जब धर्तीलाई छुन्छौ नि, १ पोका दूध र २ किलो आलु किनेर लिएर आऊ बजारबाट...नत्र मैले जान्या छु... । 

 

खडानन्द स्कुलमा
साथी : के भो खडु ? किन उदास ? 
खडानन्द : जुन साथीले तेरो लागि ज्यान दिन्छु भन्थ्यो, त्यसले आज कम्प्युटरमा नाथे पासवर्ड टाइप गर्दासमेत एकछिन उता फर्किदे, भन्यो यार... ।

 

खडानन्दका १ सय २८ वर्षका हजुरबाको असामयिक निधन भयो । उनी स्वर्ग पुगे । त्यहाँ सुन्दर अप्सराहरूको नाचगाना र भावभङ्गिमा देखेर हजुरबा (चिच्याउँदै) : थुइक्क...त्यो रामदेव कि के जाति भनाउँदो बाबाको चक्करमा नपर्‍या भए धेरै पहिले नै आइन्थ्यो नि यहाँ... ।

 

खडानन्द : म रक्सी खान्छु, चुरोट खान्छु । गाली गर्दैनौ, केही पनि भन्दिनौ त आजकाल ? 
पत्नी : त्यसबाट हुने फाइदा थाहा पाएपछि आजकाल केही भन्न छाड्या मैले । 
खडानन्द : के फाइदा ? 
पत्नी : जीवन बिमा गर्‍या छ नि हामी दुवैले, १ साताअघि जीवन बिमा गराउने भाइ आएका थिए, बिमाको फाइदा बताउन... ।

 

खडानन्द स्कुलमा ।
खडानन्द : नेपालका मुख्य चाडपर्व कतिवटा छन् ? भन त † 
बिर्खे : छन् त धेरै छन् तर मुख्य ९ वटा छन् सर । 
खडानन्द : के–के हुन् ? 
बिर्खे : सर, १. दसैं, 
२. तिहार, ३. छठ,४. होली, 
५. बुद्धपूर्णिमा, ६. इद, 
७. ल्होसार, ८. चण्डीपूर्णिमा तथा ९. आज बिजुली बत्ती आयो... । 

 

खडानन्दको घर आँगनमा । 
भिखारी : केही खानका लागि दिनुस् दिदी, २ दिनदेखि भोकै छु । 
खडानन्द (घरभित्रैबाट) : तेरी दिदी माइत गाकी छे, ५ दिन भयो,... तेरो भिनाजु पनि भोकै छु...।

 

खडानन्दको ससुरालीबाट पत्नीको फोन । 
पत्नी : हेल्लो खडु, मेरो याद कत्तिको आउँछ ? 
खडानन्द : हैट,...याद आउन त्यति सजिलो भए १० क्लासको १० क्लासमै चार–चार वर्ष पढ्थें र म... ?
खडानन्द झोक्राएर बस्या थिए । 
साथी : के भो यार आज फेरि ? 
खडानन्द : डेटिङ पनि साह्रै महँगो हुन थाल्यो यार !
साथी : कसरी ? 
खडानन्द : खाने कुरामै सबैभन्दा धेरै खर्च हुन्छ, टाट पल्टिने भैयो यार । 
साथी : उपाय छ नि त एउटा । 
खडानन्द : के उपाय । 
साथी : केही खानु पहिले नै भन्दे न ‘के खाने हो मोटी ?’ भनेर...। 

 

खडानन्द : सबै मानिसको जीवनमा कुनै न कुनै सपना हुन्छन् । अधुरा सपनाहरू पूरा गर्न के गर्नुपर्छ ? भन त... । 
बिर्खे : गम्ल्याङ्ग सिरक ओढेर फेरि सुत्नुपर्छ सर...। 

 

खडानन्दले रातो बत्तीको वास्तै नगरी गाडी अघि बढाए । 
ट्राफिकले रोक्यो । 
ट्राफिक : के हो ? रातो बत्ती बलिराख्या देख्नुहुन्न ? 
खडानन्द : रातो बत्ती त देखें सर मैले, तर तपाईंलाई देखिन क्या... । 

 

ट्राफिक प्रहरी र झल्लु खडानन्द
ट्राफिक : मातेर बाइक चलाउँछस् जँड्याहा ? मुख आँ गर... ।
खडानन्द : अरे सर... अघि नै फुल टाइट भा’को छु, अझै कति ख्वाउनुहुन्छ...?? 

 

खडानन्द र पत्नी तिहारका लागि कपडा किन्न फेन्सी स्टोरमा गए । 
खडु पत्नी : भाइ, यो कपडाको कति हो ? 
पसले : यसको २५ सय रुपैयाँ हो म्याडम ।
खडु पत्नी : उफ...। अनि उ त्यो पिंक कलरको छ नि, त्यसको चाहिँ कति नि ? 
पसले : म्याडम, त्यसको चाहिँ दुईपल्ट उफ्...।

 

खडानन्दले छोराको बिहे गरेर सहरिया बुहारी भित्र्याए । बुहारी बिहान पूजा गर्न बसेकी थिइन् । 
खडानन्द : होइन बुहारी, पूजा सामग्रीसँगै यो गिलोगिलो रातो–कालो पदार्थचाहिँ के हो नि ? 
बुहारी : पूजाका लागि ५ वटा फल नपाएर मिक्स फ्रुट जाम चढाउन आँटेकी...।

 

डाक्टरको क्लिनिकमा
खडानन्द : डाग्डर सा’प, अल्छी लाग्छ, निन्द्रा लागिरहन्छ, सुत्न मात्र मन लाग्छ, के भा’को होला ? 
डाक्टर (जाँचपछि) : एउटा स्मार्ट फोन लिनु, नेट कनेक्ट गर्नु, फेसबुक, ट्विटर, भाइबर, इमो, सबका सब इन्स्टल गर्नु... अनि त्यसपछि कस्तो हुँदो रै’छ, एकहप्तापछि आउनु... । 

 

कक्षाकोठामा । 
खडानन्द : ५ वटा सब्जीको नाम बता त बिर्खे । 
बिर्खे : सर, सुक्खा कि हरियो सब्जी ?
खडानन्द : हरियो सब्जी... ।
बिर्खे : भेज कि ननभेज सब्जी सर... ?? (खडानन्द बेहोस छन् अहिले) 

 

खडानन्द नयाँ दिल्ली जान घरबाट हिंडे । जोगबनी रेल्वे स्टेसन पुगे, ट्रेनको लोकल डब्बाभित्र छिरे, भीडमभीड, खुट्टा टेक्नेसमेत ठाउँ नभेटेपछि एउटा जुक्ति फुर्‍यो उनलाई † 
खडानन्द : साँप, साँप, यो डब्बा भित्र गोमन साँप पसेको छ (चिच्याए खडानन्द) सबै मान्छे डरले गुरुरु निस्केर अर्को डब्बामा छिरे । खडानन्द रित्तो डब्बाको माथि बर्थमा चढेर आरामले यसो ढल्किएका मात्र के थिए, भुसुक्क निदाए । 


भोलिपल्ट गरम चाय... गरम चायको आवाजले खडानन्द ब्युँझिए । 
खडानन्द (आङ तान्दै ) : यो कुन स्टेसन हो भाइ ? 
चियावाला :जोगबनी छ हजुर । 


खडानन्द : अनि जोगबनीबाट त दिल्ली जान हिजै हिंड्या त भाइ । 
चियावाला : त कुरा यो छ हजुर, यो डब्बामा गोमन साँप जो घुसेको थियो... त त्यही भएर हजुर... यो डब्बा काटेर यहीँ छोड्दियो... बाँकी बचेखुचेको डब्बा दिल्ली गयो... । 

प्रकाशित :कार्तिक १८, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्