टर्कीस आदिवासीहरूले प्रारम्भ गरेको उँट कुस्ती

- साप्ताहिक संवाददाता

कार्तिक १८, २०७३-  

उँटको कुस्ती २ हजार ४ सय वर्ष अघि टर्कीस आदिवासीहरूले प्रारम्भ गरेको इतिहास छ । सन् १८५० तिर अमेरिकी सेनाले टर्कीमा उँट कुस्तीको लोकप्रियता देखेर टेक्सासमा पनि त्यस्तै किसिमको कुस्तीको आयोजना गरेका थिए । सन् १९२० तिर टर्कीले उँटको कुस्तीको लिग प्रतियोगिता नै सञ्चालन गरेको थियो । उँटको कुस्तीका लागि भाले उँट प्रयोग गरिन्छ । १० वर्षभन्दा माथिका टुलु जातका उँटलाई त्यस्तो कुस्तीमा सरिक गराइन्छ । प्रतियोगिताका लागि छनौट गरिएका उँटलाई विशेष तालिम दिइन्छ । कुस्ती खेल्ने उँट विशेषत: इरान तथा अफगानिस्तानबाट झिकाइन्छ । 
उँटका मालिकहरूले कुस्ती खेल्ने उँटको नाम विभिन्न कालखण्डमा लोकप्रियता प्राप्त गरेका राजनेताको नामबाट राख्छन् । एक अनुमानअनुसार अहिले टर्कीमा २ हजारभन्दा बढी कुस्तीवाज उँट छन् । प्रतियोगिताको दिन बाजा बजाएर उँटलाई भिडन्त स्थलमा ल्याइन्छ भने दर्शकलाई उँटको मासु पनि ख्वाउने चलन पनि छ । यो भिडन्तमा जुन उँटले प्रतिद्वन्द्वी उँटलाई लडाउँछ वा खेद्छ त्यही उँट विजेता घोषित हुन्छ ।

प्रकाशित :कार्तिक १८, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्