मोटी नभन्न आग्रह

- साप्ताहिक संवाददाता

कार्तिक १५, २०७३

 

लामो समयदेखि अमेरिकामा रहेकी नायिका जल शाह दसैं मान्न काठमाडौं आइन् । दसैंलगत्तै काठमाडौंमा उनले सञ्चारकर्मीहरूसँग भेटघाट गरिन् । आठ वर्षीया छोरी कलशसँगै प्रस्तुत भएकी जल सञ्चारकर्मीसँग खुला रूपमा प्रस्तुत भएकी थिइन् । 

 

भेटघाटका क्रममा सञ्चारकर्मीले जलको मोटोपनको चर्चा गर्न भ्याए । जलले भने आफूलाई मोटी नभन्न आग्रह गरिन् । ‘मोटाउनु र दुब्लाउनु सामान्य कुरा हो, जल भन्दै थिइन्— ‘हरेक व्यक्ति जीवनमा मोटाउने र दुब्लाउने भैरहन्छ । यो सामान्य कुरा हो ।’ आफ्नो समयका अभिनेताहरू भुवन केसी, शिव श्रेष्ठ, राजेश हमाललाई समेत सम्झन भ्याएकी जलले भुवन पुत्र अनमोलको व्यक्तित्वको प्रशंसा समेत गरिन् तर अनमोल भन्दा भुवन नै हेन्डसम भन्न पनि भ्याइन् ।

अमेरिका बसे पनि आफ्नो मन नेपाली चलचित्रमै रहेको बताउँदै जलले भविष्यमा कुनै न कुनै रूपमा नेपाली चलचित्र क्षेत्रसँग जोडिन मन लागेको कुरासमेत सार्वजनिक गरेकी छिन् । 

प्रकाशित :कार्तिक १५, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्