३१ वर्षमा २५ युवतीसँग रासलीला

- साप्ताहिक संवाददाता

कार्तिक १२, २०७३-  

म्यानमारकी गायिका नेपालको बुद्धस्थल तिलौराकोट आइपुगिन् (म्यानमारकी चर्चित रक गायिका नेपालमा), तर हामी नेपालीहरूलाई भने नजिकको तीर्थ हेंला । 

महेश लामा   


चोरेर, भ्रष्टाचार गरेर पो कमाउनु भएन (अनुभव : १५ करोड रुपैयाँ) । आफ्नो प्रतिभा र परिश्रमले त अर्बौं कमाउनुस् भन्ने आशीर्वाद दिन्छु दीपकजीलाई ।
मणि नेम्वाङ 


मलाई यही कुरा अचम्म लाग्छ (वर खोज्दै भिसा गर्ल) । आखिर किन सम्बन्धलाई वस्तु बनाएर व्यापार गर्न खोजिन्छ ? किन सम्बन्धलाई सम्पन्नतासँग दाँजिन्छ ?
सियम राई


साप्ताहिकमा प्रकाशित लेख तथा सामग्रीहरू राम्रा छन् । प्रेरणादायक कथाको प्रकाशनमा जोड दिनुहोला ।
विनोद डागी, प्रदेशी कान्छा काले


विगतका कुराले भावुक बनाउँछ (युवा मन : पछाडि फर्केर हेर्दा) । पुराना दिन सम्झँदा केही खुसी मिल्छ, केही मीठा सम्झना पनि आउँछन् । 
राजेन्द्र काफ्ले


हल्लाले मात्र चलचित्र चल्दैन (रेखाको नयाँ घोषणा) । गुणस्तर पनि दिन सक्नुपर्छ । 
ममता अधिकारी


सबैको सोच एउटै हुँदैन (मुक्त आकाश : तँ तिमी तपाईं हजुर) । सबैको सोच, विचार फरक–फरक हुन्छ । 
विकास कोइराला 


यस्ता ठगी धन्दा रोक्न तत्काल कदम चालिहाल्नुपर्छ (डिभी भिसा भर्ने भन्दै ठगी धन्दामा वृद्धि) । नेपालीहरूलाई अनेक नाममा ठग्न पल्किएकाहरूलाई कानुनी दायरामा ल्याउनैपर्छ । 
प्रशान्त सिंह


यो आमनेपालीका लागि खुसीको कुरा हो (एसिया कपमा छनौटको उपलब्धि) । यस्ता उपलब्धि थपिँदै जाऊन् । 
उदय गिरी


३१ वर्षमा २५ युवतीसँग रासलीला (फेरि परिवर्तित भइन् रोनाल्डोकी प्रेमिका) ? रोनाल्डोको जीवन रमाइलो र विवादास्पद रहेछ । 
कमल चौरसिया


फेसबुक फन्डा रमाइलो लाग्यो । यस्तै रोचक सामग्री पढ्न पाइयोस् । 
बालकृष्ण रावत 


फेसबुकमा एउटा जुहारी पढेर धेरैको विचार बुझ्न पाइयो (फेसबुकमा एउटा जुहारी) । यो क्षेत्र नै यस्तै चर्चाको क्षेत्र हो । यहाँ सानो कुरा पनि ठूलो बनिदिन्छ ।
प्रभा भट्ट


नेपालका उत्कृष्ट गन्तव्यहरूका बारेमा पढ्न पाउँदा खुसी लाग्यो (उत्कृष्ट १० गन्तव्य) । नेपालमा घुम्नुपर्ने धेरै ठाउँ छन् । तिनको प्रचार–प्रसार आवश्यक छ । 
दुर्गा लामिछाने

प्रकाशित: कार्तिक १२, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्