खडानन्द सात दिनदेखि बेपत्ता

- जीवन भट्टराई

कार्तिक ११, २०७३-

खडानन्दको साथीको मोटरसाइकलमा तीन जना कतै जाँदै थिए । खडानन्द सबैभन्दा पछाडि बस्या थिए, ट्राफिकले मोटरसाइकल रोक्यो (खडानन्द (चिच्याउँदै) : हैन हौ, यो पुलिस बहुलाएको छ कि क्या हो ? खाली नै छैन, अब कहाँ बस्छ त.....?????

 

खडानन्द स्कुलमा 

खडानन्द : बिर्खे, तँ ठूलो भएपछि के बन्न चाहन्छस् ? भन् त ।

बिर्खे : ठूलो भएपछि म धनी मान्छे बन्न चाहन्छु सर, मेरो ठूलो घर हुनेछ, ४–५ वटा कार हुनेछन्, ८–१० जना नोकरचाकर हुनेछन, म जता फर्के पनि पैसैपैसा हुनेछ ......अनि.... 

खडानन्द (रोक्दै) : ए पख्–पख् पुग्यो, यति लामो उत्तर भन्नु पर्दैन । १ वाक्यमा भने पुग्छ । अनि गीता, तिमीचाहिँ के बन्ने अरे ठूली भएपछि ?

गीता : मचाहि बिर्खेकी पत्नी 

बन्ने सर .......!!

 

खडानन्द स्कुलमा : लु भन् त बिर्खे † संसारमा बिजुली थिएन भने टिभी कसरी हेरिन्थ्यो ?

बिर्खे : मैनबत्ती बालेर सर.......!!!

खडानन्द स्कुल पढ्दा : (केटीको छेउमा गएर) 

खडानन्द : आई लभ यू !

(केटी चुपचाप) 

खडानन्द : तिमी पनि मलाई आई लभ यू भन न ।

केटी : पख, अहिले गएर सरलाई भन्छु । 

खडानन्द : सरलाई किन भन्नु हौ, उहाँको त उहिले बिहे भएर दुइटा छोरा र एउटी छोरी छन् त ......!

 

मत्तु खडानन्द डाक्टरकहाँ 

खडानन्द : डाग्डर सा’प, तपाईं मेरो रक्सी छुटाउन सक्नुहुन्छ ?

डाक्टर : सक्छु नि, किन नसक्नु ?

खडानन्द : हौ लु मेरो २ जर्किन लोकल रक्सी प्रहरीले पक्ड्यो, त्यो छुटाइदिनुस् त, एक बोत्तल तपाईंलाई सित्तैंमा डाग्डर सा’प......!

 

पत्नी : खडु, हिजो एउटा भिखारी आएको थियो नि, मैले खाना खान दिएकी थिएँ नि, फटाहा रै’छ त्यो । 

खडानन्द : किन ? के भो र ?

पत्नी : आज फेरि आएको थियो, एउटा किताब दिएर गयो । 

खडानन्द : कस्तो किताब ?

पत्नी : मिठो खाना कसरी पकाउने भन्ने किताब .......!!

 

प्रहरी चौकीमा 

खडानन्द पत्नी : हजुर, मेरो पति खडानन्द सात दिनदेखि बेपत्ता छन् । खोजी गरिदिनुपर्‍यो । 

प्रहरी : अँ ठीक छ । तपाईंको पतिको हुलिया ? ........चिनो ....? त्यस्तो केही निसानी ......????

खडानन्द पत्नी : हजुर निशानी ??? यी यो ६ वर्षको छोरो र यो अढाई वर्षकी बालख छोरी .......!

 

पत्नी : खडु, तिम्रो बर्थ डेका लागि यस्तो राम्रो कपडा लिएकी छु नि.........देखेर तिमी खुसीले पागल हुन्छौ ।

खडानन्द (खुसी हँुदै) : हो र प्रिये ?....खै देखाऊ न त

पत्नी : एकछिन है त, म लगाएर आउँछु ल ........!

 

खडानन्द स्कुलमा 

खडानन्द : तँ केका लागि स्कुल आ’को ? भन् त गधा ।

विद्यार्थी : विद्याका लागि सर ।

खडानन्द : अनि किन सुतेको त ?

विद्यार्थी : आज विद्या स्कुल नै आइन सर.........त्यसैले........!!

 

खडानन्दले सैलुनको काम सिकेर सैलुन खोले । 

ग्राहकसँग खडानन्द (कपाल काटिसकेपछि) : जँुगा राख्नुहुन्छ ?

ग्राहक : राख्छु । 

खडानन्द (सिनित्त जुँगा खौरेर ग्राहकको हातमा राखिदिँदै) : ल राख्नुस्, जहाँ मन लाग्छ त्यहीं राख्नुहोस् .........!!

०००

 

खडानन्द : के गर्दैछौ बाबु आजकल ?

बाबु : नारीको सम्मान एवं सेवाको क्षेत्रमा काम गर्छु अंकल !

खडानन्द : सामाजिक कार्यकर्ता हौ ? ल राम्रो.......

बाबु : होइन अंकल, फेसबुकमा देखिने सबै केटीको फोटो लाइक गर्छु !! 

०००

 

खडानन्द : रक्सी जाँड, जुवातास, सबै नशा हुन् । यिनीहरूले मानिसलाई नराम्रोसँग बिगार्छन् । ल भन् त बिर्खे, सबैभन्दा धेरै नशा केमा हुन्छ ?

बिर्खे : किताबमा सर 

खडानन्द : कसरी ?

बिर्खे : किताब खोलेर पढ्न थाल्नेबित्तिकै झपझपी निन्द्रा लाग्छ सर त्यसैले ....!!

 

खडानन्दको छोरा : बाउ, कलेज जान मलाई पल्सर चाहियो ।

खडानन्द : हेर त, त्यत्रो धनी छिमेकीको छोरी बसमा कलेज जान्छे ।

छोरा : त्यही त हेरिरहन सकिनँ त बाउ..........!!

 

खडानन्दलाई सडकछेउ, पोल खम्बामा, बजारतिर टाँसिएका पोस्टर, पर्चाहरू पढ्ने बानी थियो । एक दिन साँझको बेला कतै जाँदै थिए । बाटोको छेउको पोलमा अलि माथी सानो पम्प्लेट टाँस्या रै’छ । खडानन्द बल गरेर पोलमा चढे । पम्प्लेटमा लेख्या रै’छ : ‘पोलमा भर्खर पेन्ट गरेको छ, पोलमा नछोइदिनुहोला ।’ 

खडानन्द : धत्तेरी.........!!

 

भिखारी (खडानन्दसँग) : मलाई ५ रुपैयाँ दिनुस् न हजुर, चार दिनदेखि भोकै छु । 

खडानन्द : अनि चार दिनदेखिको भोको मान्छेलाई ५ रुपैयाँले के गर्नु ?

भिखारी : कति किलो वजन घटेछ भनेर नाप्नलाई हजुर..........!!

०००

प्रकाशित :कार्तिक ११, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्