तपाईंलाई कुन नायक वा नायिकाजस्तो बन्न मन लाग्छ ?

- साप्ताहिक संवाददाता

कार्तिक ८, २०७३

 

मेरो हिरो मै हुँ अनि मलाई मैजस्तो बन्न मन छ ।

जिक ज्याक

मलाई मैजस्तो देखिनु छ, अरू जस्तो देखिएर अरूको डुब्लिकेट भनिनु पक्कै राम्रो हुँदैन ।

लाटो मान्छे

व्यस्त नायक दयाहाङ राईजस्तो ।

सगुन

सौगात मल्लजस्तो अभिनय कला भएको बन्न मन छ । उहाँमा चरित्र उतार्न सक्ने अद्भुत कला छ । 

चर्चित

मलाई त पुरानै सुपरस्टार भुवन केसीजस्तो बन्न मन छ ।

मंगोलियन हर्ट

जीवन लुइँटेल जस्तो देखिन ।

मुक्त उदास

म आफैं नायक हुँ आफ्नो जीवनको, त्यसैले म आफैंमा सीमित रहन चाहन्छु ।

स्वामी विवेक आनन्द

आफैंजस्तो देखिन मन लाग्छ ।

दिनेश शिवाकोटी

यो जस्तो भनेर बाँकी अरूको चित्त नदुखाऊँ होला । 

तोर्ण

खोइ, म त यो देशमा सबै खलनायक मात्र देख्छु, एउटै नायक देख्दिनँ । को जस्तो बन्न मन लाग्नु ? आफैंजस्तो बन्न मन लाग्छ । 

सुवासचन्द्र भण्डारी 

सौगात मल्लजस्तो ।

कमल कोइराला

आर्यन सिग्देलजस्तो ।

नवीन राय

मलाई नायकजस्तो देखिने मन छैन । नायकहरूमा चाहिं मजस्तो देखिने चाहना होस् ।

मिडल फिंगर

मलाई सबै उस्तै लाग्छन् । 

विशाल रेग्मी

पाँडेजस्तो ।

सरोज पौडेल

दयाहाङजस्तो भनेर के भन्नु ?

राइ कान्छा

चर्चित ढुंगेलजस्तो ।

चर्चित ढुंगेल

दयाहाङ राईजस्तो ।

चन्द्र

म त आफैसंग खुसी छु । म आफैंजस्तो बन्न चाहन्छु ।

विनोद

रेखा थापाजस्तो । किनभने उनी खतरनाक र सबैभन्दा राम्री नायिका लाग्छिन् ।

अनिता तामाङ

नेपालमा कथाले मागेजस्तो राम्रो भूमिका निर्वाह गर्न सक्ने कुनै कलाकार छैनन् । त्यसैले कोहीजस्तो बन्न मन छैन ।

आस्था घिमिरे

मलाई रेखा थापाजस्तो हुन मन छैन । अरू जस्तो भए पनि ठीक छ ।

प्रकाश घिमिरे

निशा अधिकारीजस्तो ।

सन्तोषी श्रेष्ठ कार्की

मलाई सौगात मल्लजस्तो देखिन मन छ । 

प्रकाश ओली

म आफैंमा खुसी छु । अरू कोही जस्तो हुन मन छैन ।

रञ्जना नेपाल

खगेन्द्र लामिछानेजस्तो ।

प्रदीप रेग्मी

मलाई संयम पुरीजस्तो देखिन मन छ । 

बिमल बिके

म आफैं नायक हुँ । त्यसैले आफैंजस्तो देखिन चाहन्छु । 

देवान भिरु

कोही जस्तो बन्न मन छैन । किनभने म आफैं नायक हुँ ।

गणेश खनाल

मलाई त बिराज भट्टजस्तो देखिन मन छ ।

उपेन्द्र रेग्मी

नायकमा दयाहाङ राई, नायिकामा रेखा थापाजस्तो ।

याक्थुङ्बा सिक्सम

मलाई नायक राजेश हमालजस्तो बन्न मन लाग्छ ।

दीपक तामाङ

निखिल उप्रेतीजस्तो देखिन मन छ ।

गणेश घिमिरे कश्यप

प्रकाशित :कार्तिक ८, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्