एकल गायनमा रामकृष्ण

- साप्ताहिक संवाददाता

कार्तिक १, २०७३

 

बिहान उठ्नेबित्तिकै हिमाल देख्न पाइयोस्... गायक रामकृष्ण ढकालले भ्वाइस द ब्याकअप ब्यान्डका संगीतकर्मीहरूको प्रत्यक्ष वाद्यवादनमा यो गीत प्रस्तुत गर्न थाल्दा उपराष्ट्रपति नन्दबहादुर पुनसमेत मुग्ध भए । आफ्नो १५ औं एकल एल्बम सार्वजनिक गर्न सोल्टी होटलमा आयोजित एकल गायन कार्यक्रममा गायक ढकालले करिब एक दर्जन लोकप्रिय गीत प्रस्तुत गर्दा कार्यक्रमस्थल शान्त रह्यो । 

ओराली लागेको हरिणको चाल भो... देखि नारायण गोपालको 

एउटा मान्छेको मायाले कति... गाउञ्जेलसम्म कार्यक्रमस्थलमा उपराष्ट्रपतिसहितका दर्शकहरू गायक ढकालको गायनमा रमाए । 

गायक ढकालले आफ्नो पछिल्लो एल्बममा ११ वटा गीत समावेश गरेका छन् । समारोहमा एल्बमको म लडेको मात्र हुँ... गीतको म्युजिक भिडियोसमेत प्रिमियर गरियो ।

 

प्रकाशित :कार्तिक १, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्